मुख्य समाचार
परीक्षामा बरामद ४९६ मोबाइल पानीमा डुबाएर नष्ट, अभिभावकको गुनासो, जन्मदर्तासमेत गयो | "हजारौं युवासहित सडकमा उत्रियो कक्रोच जनता पार्टी, शिक्षामन्त्रीको राजीनामा माग्दै दिल्लीमा शक्ति प्रदर्शन" | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग |

डिभिजन वन कार्यालय झापाले किन्यो १० लाखमा ड्रोन

देश प्रदेश डेस्क 5166+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

झापा मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले ड्रोन खरिद गरेको छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित १० लाख रुपैयाँमा ड्रोन खरिद गरिएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

करिब आठ किलो तौल भएको यो ड्रोनले चार सय मिटर वरपरको दृश्य कैद गर्नुका साथै साढे चार किलोग्राम तौल उचाल्न सक्ने कार्यालयले जनाएको छ ।

ड्रोनकै मद्दतबाट भविष्यमा बीऊलाई माथिबाट छर्न प्रयोग गर्न सकिने सोच राखिएको छ । ड्रोनले एकपटकमा आधा घण्टासम्म उडान भर्न सक्छ ।

‘ड्रोनलाई मोडिफाइ गरेर लाइट र साइरन पनि जडान गरिएको छ’, उनले भने, ‘जङ्गलबाट बाहिर आएको हात्तीलाई ड्रोनको मद्दतले सुरक्षित रुपमा जङ्गलभित्रै पठाउने योजना छ ।’

सँगै काठ र वन्यजन्तुको चोरी–तस्करी नियन्त्रण गर्ने प्रयोजनमा समेत ड्रोनको प्रयोग हुने उनको भनाइ छ । वनको कतिपय स्थानमा जान सक्ने अवस्था नरहेकाले ड्रोनको मद्दतबाट वनभित्रको गतिविधि नियाल्न सकिने उनले बताए ।

वन क्षेत्रमा प्रविधिको प्रयोग उपयोग गर्न समेत ड्रोन खरिद गरिएको र प्रभावकारी भए थप किन्न सकिने उनले बताए । ड्रोन सम्बन्धित निकायबाट इजाजत लिएर प्रयोग गरिने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार