झापा / नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो।
यसै अन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक राजन लिम्बुकाे सरुवा भएकाे छ भने उनकाे ठाउँमा बसुनधरा खड्का आउदै छिन् ।
विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको छ।
आचारसंहिता लागू भएपछि कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवा गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने वा रोकिने भएकाले त्यसअगावै प्रहरीले जिल्ला तथा विभागहरूमा कमाण्डर हेरफेर गरेको हो।
प्रधान कार्यालयले सरुवा भएका एसपीहरूको अभिलेखमा आवश्यक व्यहोरा जनाउन र आवश्यक कारबाही अगाडि बढाउन मातहतका सम्बन्धित कार्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ।