मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बालकको डायपरमा ब्राउन सुगर लुकाएर ल्याउने चारजना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

 भारतबाट बालकको डायपरमा ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा चारजना  भद्रपुरमा पक्राउ परेका छन् ।

 हिजो साँझ ५.१५ बजे भद्रपुर ५ स्थित बसपार्कमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ न. को अटो चालक भारत किसनगंज वडा न. १२ घर भई हाल विर्तामोड ५ बस्ने ३० वर्षीय मोहित आलम, सोही अटोमा सवार उनकी श्रीमती ३२ वर्षीया जेनेतुन खातुन , छोरा २ महिनाको सोहेल आलम र सोही अटोमा सवार सोही ठाउँ बस्ने ३८ वर्षीय मोहमद तजरुललाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको छोराको डायपरमा लागूऔषध फेला परेको थियो ।

डायपरमा प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको प्लाष्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लाष्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । अटोसहित ४ जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार