मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल

भेषराज नेपाल 128+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

झापा / सुनसरीको देवानगन्ज, सिरहालगायत क्षेत्रमा भएको घटनापछि पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनाव र अशान्तिप्रति प्रधानमन्त्री बालेन शाहले गम्भीर चासो व्यक्त गर्दै देशवासीका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन आज फेसबुकमार्फत सार्वजनिक गरिएको हो।

सम्बोधनमा प्रधानमन्त्री शाहले सुनसरी घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घटनामा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने निर्देशन सम्बन्धित निकायलाई दिइएको जानकारी गराए।

प्रधानमन्त्री शाहले घटना लगत्तै सुरक्षा निकाय परिचालन गरिएको, शान्ति–सुरक्षा कायम गर्न आवश्यक कदम चालिएको तथा घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयमार्फत समिति गठन गरिएको बताए। दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता उनले व्यक्त गरे।

स्थिति सामान्य बनाउन केन्द्रमा सर्वदलीय बैठक आयोजना गरिएको तथा स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा र समुदायका नेताहरूसँग निरन्तर संवाद भइरहेको प्रधानमन्त्रीको भनाइ छ। उनले गृहमन्त्री तथा सुरक्षा निकायका उच्च अधिकारीहरू घटनास्थलतर्फ प्रस्थान गरिसकेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट आवश्यक निर्णयहरू समेत गरिएको जानकारी दिए।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अफवाह, घृणा फैलाउने सामग्री र समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न आग्रह गरेका छन्। आधिकारिक स्रोतबाट जारी सूचना र तथ्यमा मात्र विश्वास गर्न उनले सबैलाई अनुरोध गरे।

सम्बोधनमा उनले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव र शान्ति कायम गर्नु राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्दै शान्ति–सुरक्षा खलबल्याउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधिमाथि कडा कदम चालिने चेतावनी दिए।

प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार जीवनयापन गर्ने मौलिक अधिकार दिएको उल्लेख गर्दै धर्मको मूल मर्म प्रेम, करुणा, सहिष्णुता र शान्ति रहेको बताए। देशको एक स्थानमा भएको घटनाको आधारमा कुनै समुदायलाई दोषी ठहर गर्दै अन्यत्र प्रतिशोध फैलाउनु न्यायोचित नहुने उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा पनि नेपाली समाजको शक्ति आपसी एकता, सहिष्णुता र विवेक रहेको उल्लेख गर्दै सम्पूर्ण नागरिक, राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज तथा सञ्चारमाध्यमलाई संयमता अपनाउन र राष्ट्रिय एकता, भाइचारा तथा सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार