मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

कैदीकाे मृत्यु भएपछि सात सदस्यीय छानबिन समिति गठन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

                                                                                                                        साङ्केतिक तस्वीर

झापा उपचारका क्रममा  मङ्गलबार नारायणी अस्पतालमा कैदी राहुल साह तुरहाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले  छानबिन समिति गठन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा पर्सा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जनप्रतिनिधि जनदिशसाह तुरहा, मृतकका दाजु मकेशसाह तुरहा, मानवअधिकारकर्मी मनकुमारी लामा, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र नेपाल चिकित्सक सङ्घका प्रतिनिधि रहने गरी सात सदस्यीय  छानबिन समिति गठन गरेको हो ।

बैठकले मृतकको शव परीक्षणलगायतका अन्य कानुनी प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । वीरगन्ज कारागारमा कर्तव्य ज्यान मुद्दा राहुल साह तुरहाको नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।  

वीरगन्ज कारागारका प्रमुख खिमराज भुसालका अनुसार कारागारमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका कैदी साहको मङ्गलबार विहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याइएको थियो। आफन्तहरूले भने पर्साका प्रजिअले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नका लागि अनूमति नदिएको आरोप लगाएका छन् । कैदीबन्दी तुरहाको मृत्युपछि आक्रोशित आफन्तले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए । पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले पर्सा प्रहरीले भिड नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । साह विसं २०७९ देखि कर्तव्य ज्यानमुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार