मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बिर्तामोडको बजेट, नीति तथा कार्यक्रम पारित

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ आषाढ २०८१, मङ्गलबार

झापा झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०८१ /०८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । दोस्रो नगरसभाको पाँचौ अधिवेशनको दोस्रो बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

नगरसभाले आर्थिक वर्ष ०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक विद्येयक २०८१, विनियोजन विद्येयक २०८१, न्यायिक समितिको आ.व.०८०/०८१ को प्रतिवेदन र अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन पास गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले विविध प्रस्तावहरु प्रस्तुत गर्दै सभाबाट अनुमोदन गरिएको थियो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले सभाध्यक्षको हैसियतमा कार्यक्रम सञ्चालन गर्दै नीति कार्यक्रम तथा बजेट, आर्थिक विद्येयक –२०८१ र विनियोजन विधेयक– २०८१ माथि छलफलका लागि आव्हान गरेकी थिइन् । सदस्यहरुले नीति कार्यक्रम र बजेटमाथि सूझाव तथा जिज्ञासा राखेका थिए ।

छलफलमा सहभागी सदस्यहरुले फोहोरमैला व्यवस्थापन नभएको, विकास निर्माणमा लागत सहभागिताका कार्यक्रममा सम्पन्न परिवार समक्ष कार्यान्वयन गर्न कठिनाई भइरहेको, कर्मचारी व्यवस्थापन, सुकुम्बासी समस्या समस्या लगायतका विषयवस्तुहरुमा जिज्ञासा राखेका थिए ।

सभाध्यक्षको तर्फबाट सभामा उठेका जिज्ञासाको जवाफ दिदैं समाधानमा नगर प्रमुखको हैसियतमा तत्कालै समन्वय गर्ने बताइन् ।  नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिसँग समन्वय गरेर पहिचान भएका समस्याको समाधान तत्कालै खोजी गर्ने प्रतिवद्धता जनाइन्  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार