साङ्केतिक तस्वीर
झापा । झापाको हल्दिबारीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
हल्दिबरी वडा नं –२ बस्ने अन्दाजी ५१ बर्षिय नवराज रेग्मीको डुबेर मृत्यु भएको हो ।
हिजो
बिहान मर्निङ वाकमा निस्किएका रेग्मी स्थानीय सूर्य होलीमा मृत भेटिएपछि
स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हल्दिबारी प्रहरी चौकी र जिल्ला
प्रहरी कार्यालयको टोलीले आवश्यक छानबिन गरि शवलाई पोस्टमार्टमको लागि
प्रादेशिक अस्पताल भद्रपुर लगिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी
दिए ।