मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

 सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्धेश्यसहित हिजोबाट झापाको काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा.काँकरभिट्टाका अनुसार सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा पाँच महिलासहित १४ जना सादा पोशाकमा बीआईटी परिचालित भएका हुन् । जसमा दुईजना सशस्त्र प्रहरी नायव निरीक्षक, एकजना सशस्त्र प्रहरी सहायक निरीक्षक, एकजना वरिष्ठ हवल्दार, एकजना हवल्दार, तीनजना सहायक हवल्दार र बाँकी जवान रहेका छन् ।

बीआईटीमा सशस्त्र प्रहरीकै जनशक्ति रहने र उनीहरू बर्दीमा नभई सादा पोशाकमा खटिएका छन् ।
सीमा पार गर्ने सर्वसाधारण विशेष गरी महिला तथा बालबालिका र बृद्धबृद्धालाई आवागमनमा सहयोग गर्ने, शंकास्पद व्यक्तिहरुको निगरानी, सीमा नाकाबाट हुने मानव बेचबिखन रोक्ने तथा उद्धार गर्ने, जाली नोट, लागूऔषध तथा प्रतिवन्धित सामाग्री ओसारपसार जस्ता अपराध नियन्त्रण गर्ने बीआईटीको कर्तव्यभित्र पर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार