मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सरकारी गाडीमा नक्कली नम्बर प्लेट राखेर सरर

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

झापा सरकारी गाडीमा नक्कली नम्बर प्लेट राखेर कर्मचारीले कुदाउने गरेको पाइएको छ । कनकाई नगरपालिकाको नाममा रहेको सरकारी मोटरसाइकलमा नक्कली नम्बर प्लेट राखेर कार्यालयका कर्मचारीले प्रयोग गर्ने गरेको खुलेको हो ।

कनकाई नगरपालिकाको नाममा २०७५ साल जेठ २७ गते नामसारी भएको मे १ ब ५९७ नम्बरको १२५ सीसीको टीभीएस कम्पनीको मोटरसाइकलमा रातो प्लेटमा मे १० प ३८८५ नम्बर राखेर प्रयोग गर्ने गरेको पाइएको हो । स्रोतका अनुसार उक्त मोटरसाइकल कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले प्रयोग गर्दै आएका छन् । उक्त मोटरसाइकल पाथिभरा अटो लि. को नाममा दर्ता कायम हुँदा मे १ प ३८८५ नम्बर कायम रहेको र नगरपालिकाको नाममा नामसारी भएपश्चात सरकारी नम्बर कायम गरिएको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ । पुरानो नम्बर खारेज भइ नयाँ नम्बर कायम भइसकेपछि पुरानै नम्बर प्रयोग गरिनु गैर कानुनी हुने यातायात व्यवस्था कार्यालय बिर्तामोडका निमित्त कार्यालय प्रमुख पदम कट्टेलले जानकारी दिए । नयाँ नम्बर कायम भइसकेपछि पुरानो नम्बर राख्नु भनेको नक्कली नम्बर प्रयोग गर्नु जस्तै भएकाे उनले बताए ।  उच्च पदस्थ कर्मचारीहरुको हकमा कार्यालयले निर्णय गरेर पठाए निजी नम्बर प्लेट कायम गर्न सकिने उनले बताए ।

एउटै गाडीमा दुई वटा नम्बर राखेर चलाउन नपाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार