मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

नेपालद्वारा भारत पेनाल्टीसुटआउटमा पराजित

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

झापा / मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ ।

बुधबार सिक्किमको पाल्जोर स्टेडियममा भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जहाँ अन्जना राना मगर नायक बन्दै दुई पेनाल्टी बचाइन् ।

पेनाल्टीसुटआउटमा नेपालका लागि सविता राना मगर, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार बाहिरिएको थियो ।

यस्तै भारतको दुई प्रहार नेपाली गोलकिपर अन्जना राना मगरले बचाइन् । उनले प्रियदर्शनी र अस्ताम ओरामको प्रहार बचाइन् भने सन्तोषको प्रहार बाहिरिएको थियो ।

त्यसअघि निर्धारित समयमा भारतले पहिले अग्रता लिएको थियो । सौम्य गोगुलोथले ३०औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालका डिफेण्डर निशा थोकरको गल्तीमा सौम्यले गोल गरेकी हुन् । तर त्यो अग्रता लामो समय भने टिकेन । नेपालका लागि रश्मि कुमारी घिसिङले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्काइन् । कप्तान अनिता बस्नेतको कर्नरमा पेनाल्टी बक्समा रहेकी रश्मिले गोल गरेकी हुन् ।

सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसर पारेर नेपाल र भारतको महिला टिमबीच खेल आयोजना गरिएको हो । जहाँ नेपालले दोस्रो रोजाईँका खेलाडीहरुलाई अवसर दिइएको थियो । यस्तै भारतले पनि रिजर्भ टिम र युवा खेलाडीहरुलाई खेलाएको थियो ।

शिलोङमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाल र भारतको टोली सिक्किम पुगेको थियो । ट्राईनेसन्स मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार