मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ श्रावण २०८३, शनिबार

झापा भद्रपुर नगर क्षेत्रभित्र रहेका मठ मन्दिरलगायत धार्मिक क्षेत्र संरक्षण तथा सो क्षेत्रको अवस्थाका वारेमा अभियान शुरु गरिएको छ । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगरसमितिले शुक्रबारबाट अभियान शुरु गरेको हो ।
समितिको आयोजनामा भद्रपुर २ स्थित सगरमाथामा रहेको श्री राधाकृष्ण मन्दिर परिसरमा वृक्षारोपण एवम सरसफाई कार्यक्रम गरेको थियो ।

मन्दिर समिति ,स्थानीयवासी र आयोजक समितिले संयुक्त रुपमा विरुवा रोपेर अभियानको उद्घाटन गरेका थिए ।
आयोजक समितिका अध्यक्ष हुतराज (उत्तम) नेपालको अध्यक्षता एवम मन्दिर समितिका उपाध्यक्ष जगन्नाथ गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको स्वागत तथा औचित्यमाथि संस्थाका उपाध्यक्ष उदय प्रसाद खनाल शास्त्रीले प्रष्ट पारेका थिए ।

संस्थाका कार्यसमिति सदस्य निरज निरौलाले सञ्चालन गरेको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

समितिले अभियान अन्र्तगत शनिबार(आज) भद्रपुर ६ मा रहेको कैलाशेश्वर शिव पाञ्चायन मन्दिरमा र भोली आइतबार भद्रपुर ९ स्थित कैलाशेश्वर शिव पाञ्चायन मन्दिरमा कार्यक्रम हुने भएको समितिले जानकारी दिएको छ ।

यसैगरी संस्थाले यही आउँदो साउन १६ गते भद्रपुर नगरका सामुदायिक तथा निजी विद्यालयका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाइ सहभागि गराएर नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिने भएको समितिका सचिव खेमराज नेपालले बताए ।

कार्यक्रममा विद्यालयबाट प्रतिनिधित्व गर्ने विजेतालाइ प्रथम,द्धितीय र तृतीय क्रमश १५ हजार १० हजार र ५ हजार नगद पुरस्कारसिहत प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने उनले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको उनले जनाए ।

समितिले भद्रपुर क्षेत्रमा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । नगर क्षेत्रभित्र हालसम्म १ सय ५० जना आवद्ध छन् ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार