मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

राष्ट्रिय झन्डा च्यात्ने ११ जनालाई पक्राउ

देश प्रदेश डेस्क 5197+ समाचार ( )
साङ्केतिक तस्वीर
३ मंगशिर २०८०, आइतबार

झापाप्रहरीले  राष्ट्रिय झन्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउगरी कारबाही अघि बढाएको छ ।

पर्सागढी नगरपालिका–९ स्थित सिंगे पुलमा राखिएको राष्ट्रिय झन्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गएको बिहीबार राति मादकपदार्थ सेवन गरी सिगे पुलमा राखिएको राष्ट्रिय झन्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

करिब एक साताअघि सिंगे पुलमा सजाइएको राष्ट्रिय झन्डामध्ये केही झन्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

गैरकानुनी गतिविधि गरेको आरोपमा पक्राउ परेकामा पर्सागढी नगरपालिका–१, मनवा टोल निवासी अंकित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१, सखुवनिय टोलका गौतम महतो, नन्दन दास थारु र लक्की चौधरी रहेका प्रहरी निरीक्षक केसरीले जानकारी दिए ।

पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार