काठमाडाैं । सांसद ज्ञानेन्द्र शाहीले नेपाली क्रिकेट खेलाडि सन्दिप लामिछानेकाे अमेरिका जाने भिषा अमेरिकाले राेकेर नराेकिने बताएका छन् ।
बुधबार काठमाडाैंमा लामिछानेलाई भिषा दिलाउनका लागि उनका समर्थकहरुले आयाेजना गरेकाे जनदवाब र्यालीकाे नेतृत्व गर्दै शाहिले नेपाल सरकारले नै भिषा दिने वातावरण नबनाएकाे बताएका हुन् ।
'नेपाल सरकारले चाहेकाे खण्डमा तुरुन्तै भिषा उपलब्ध हुन्छ' । उनले भने. 'सबै नेताहरुलाई राताे पासपाेट दिन सक्ने सरकारले राष्ट्रिय गाैरव बाेकेका खेलाडीहरुलाई किन राताे पासपाेट नदिएकाे । अहिले मन्त्रीपरिषद्काे बैठक बसेर अमेरिकि दुतबासलाई भिषा दिनका लागि सिफारिस दिने हाे भने तुरुन्तै भिषा जारी हुन्छ' ।
लामिछानेका समर्थकहरुले माइतिघर मण्डलाबाट हजाराैंकाे सङख्यामा प्रधानमन्त्री राजिनामा दे सन्दिपलाई भिषा दे वि वान्ट सन्दिप गाे व्यक अमेरिका जस्ता नारावाजी गर्दै भाटभटेनी पुगेकाे जनताकाे लहरलाई नेपाल प्रहरीले सडकमा बार लगाएर अगाडि बढ्न अवराेध गरेपछि त्यसै ठाँउमा पुगेर धर्न बसेका थिए ।