मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

शुभसाइत साकोसमा जम्मा गरेकाे बचत डुब्दैन-उपाध्यक्ष गिरी

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

झापा     भद्रपुर–१० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूको रकम  केही महिनापछि फिर्ता दिने प्रतिबद्धता जनाएको छ । भद्रपुरमा मङ्लबार पत्रकार भेटघाटको आयोजना गरी संस्थाले यस्तो प्रतिबद्धता जनाएको हो ।

बजारमा ठुलो मात्रामा ऋण लगानी भएको र ऋणीहरूले आर्थिक समस्या देखाउँदै रकम नबुझाइरहेकोले बचतकर्ताको रकम फिर्ता गर्न समस्या भइरहेको संस्थाका उपाध्यक्ष सञ्जोक गिरीले बताए । बचतकर्ताहरूको रकम फिर्ता गराउन संस्थाका सञ्चालक समिति हर सम्भव प्रयास गरिरहेको उपाध्यक्ष गिरीको भनाई छ । 

'ऋण असुलीमा समस्या भएकाले संस्था समस्या परेको हो,' उनले भने, 'सदस्यलाई केही समय धैर्य धारण गरी ऋण असुलीउपर गर्ने वातावरण सिर्जना गरिदिन अपील गर्न चाहन्छु ।' बचत फिर्ताका लागि सदस्यहरूको दबाब आइरहेको र कार्यालय सञ्चालन गर्ने समेत वातावरण नहुँदा थप समस्या भइरहेको उनले बताए ।

२०७७ सालमा स्थापना भएको शुभसाइतमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् । बिना धितो बजारमा १५ हजारदेखि ५ लाख रुपैयाँसम्म लगानी भएको छ । २२६ जना सदस्यलाई करिब १ करोड ५० लाख रुपैयाँ लगानी गरिएको उनले बताए । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ । ‘सकेसम्म स्रोत व्यवस्थापन गरी सहकारीको आर्थिक पाटो सहज बनाउने कोसिस गरिरहेका छौँ’, उपाध्यक्ष गिरीले भने, ‘हामीलाई केही समय स्रोत जुटाउन समय लाग्छ, बिस्तारै सदस्यको बचत फिर्ता गर्छौँ, कसैको पैसा डुब्दैन ।’

आर्थिक समस्याकै कारण ज्ञानेचोक र ढडुवाको शाखा बन्द गर्नु परेको बताउँदै उनले भने, 'भद्रपुर शाखा सञ्चालन गर्ने वातावरण बनाइदिन बचतकर्ताहरूसँग अपिल गर्न चाहन्छु ।' 'म पनि भद्रपुरवासी नै भएकोले यहाँका स्थानयीबासीहरुले जम्मा गरेको रकम खाएर काहीँ भाग्दिन,' उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार