मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

उपसभामुख मगरले सभामुख घिमिरेलाई हराइन्

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

  विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले सभामुख देवराज घिमिरेलाई हराएकी छन् । २०७९ को निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् छिरेकी मगर यस पटक प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदै निवर्तमान सभामुख घिमिरेको राजनीतिक यात्रामा विराम लगाइदिएकी छन् ।

झापा–२ बाट निर्वाचित रानाले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले पराजित गरेकी हुन् । इन्दिराले ६० हजार १ सय १० मत ल्याइन् । तेस्रो भएका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २ सय ९१ मत पाए । ५ हजार ६ सय १६ मतका साथ कांग्रेसकी सरिता प्रसाईँ चौथो भइन् ।

अघिल्लो निर्वाचनमा दोस्रो भएका राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत)ले यस पटक पाँचौ स्थानमा चित्त बुझाउनु पर्‍यो । उनले मात्र ३ हजार ९ सय ६६ मत ल्याउन सके । अघिल्लो पटक उनले २६ हजार ४ सय ५५ मत पाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार