झापा । पतञ्जली याेग समिति भद्रपुरद्वारा याेग साधकहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे छ ।
शनिबार जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालय झापाका चिकित्सकहरुकाे टाेलीले ३० जना भन्दा बढी साधकहरुकाे उच्च रक्तचाप र चिनीराेगकाे परिक्षण गरिएकाे हाे ।
दैनिक याेग साधनामा सहभागीलाई आयुर्वेदिक चिकित्सक अनिल यादवले विभिन्न राेगका बारेमा र खानपानमा अपनाउनु पर्ने साबधानीका बारेमा जानकारी गराएका थिए।
भद्रपुर ७ स्थित दुर्गामन्दिरकाे सभाहलमा दैनिक विहान याेग साधना सञ्चालन हुँदै आईरहेकाे याेग प्रशिक्षक कैलास कुमार डागीले जानकारी दिए ।