मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

झापा / त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायद्वारा यही साउन ८ गते सञ्चालन गरिएको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको 'अर्गनाइजेशनल बिहेबियर' विषयको प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। परीक्षा सुरु भएको ५ मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र फैलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मन्त्रीको निर्देशनपछि एक्सन
साउन ८ गतेको परीक्षाका क्रममा 'एमबीएस फर्स्ट सेम सेक्सन सी' नामक ह्वाट्सएप ग्रुपमार्फत प्रश्नपत्र सार्वजनिक भएको समाचार बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (IGP) दानबहादुर कार्कीसँग राति नै विशेष छलफल गरेका थिए। मन्त्री पोखरेलले गोपनीयता भङ्ग गर्नेहरूलाई तत्काल कारबाही गर्न निर्देशन दिएलगत्तै प्रहरीले आइतबार बिहानै दुई जनालाई नियन्त्रणमा लिएको हो।
ह्वाट्सएप ग्रुपबाट आउट
करिब १ हजार २३ जना सदस्य रहेको उक्त ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु हुनासाथ प्रश्नपत्रको तस्बिर र केही मिनेटमै त्यसको समाधान (सोलुसन) समेत पीडीएफ फाइलका रूपमा पठाइएको पाइएको छ। 'टीयू स्टुडेन्ट्स' नामक फेसबुक पेजले स्क्रिनसटसहित यसको विरोध गरेपछि त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्यूरोलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो।
तीन सदस्यीय छानबिन समिति गठन
यसैबीच, प्रश्नपत्र बाहिरिएको घटनाको सत्यतथ्य छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह-प्राध्यापक डा. पुष्कर रैखला र सह-प्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई आगामी ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
परीक्षा रद्द नहुने
त्रिवि व्यवस्थापन संकायका अनुसार परीक्षा सुरु हुनुभन्दा अगाडि प्रश्नपत्र बाहिरिएको नभई विद्यार्थीहरू परीक्षा हलमा बसिसकेपछि मात्र बाहिरिएकाले हाल चलिरहेको परीक्षा भने रद्द नहुने स्पष्ट पारिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि साइबर ब्यूरो र सीआईबीले थप अनुसन्धान अगाडि बढाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार