बीपीका विद्यार्थी पठन-पाठनको माग गर्दै आन्दोलित: रिले अनशन सुरु
२० माघ २०८०, शनिबार
झापा । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूले रिले अनशन सुरु गरेका छन् ।
पठन-पाठन
सुरु गर्नुपर्ने माग गर्दै विद्यार्थीहरू बिहीबारदेखि रिले अनशन सुरु
गरेका हुन् । विद्यार्थी कल्याण समाजका वरिष्ठ उपाध्यक्ष डा. यादव अर्यालले
पठन-पाठन सुरु नभएसम्म अनशन बस्ने बताए। उनले भने, हाम्रो एक सूत्रीय माग
हो। जबसम्म पठन-पाठन सुरु हुदैन, तबसम्म अनशन जारी रहन्छ ।'
विद्यार्थीका
समस्या कतैबाट सुनुवाइ नभएपछि अनशन बस्न बाध्य भएको उनले बताए । उनले भने,
'पढाइ बन्द हुँदा एकेडेमिक सेड्युल बिग्रिई विद्यार्थीलाई आर्थिक भार तथा
मनोवैज्ञानिक क्षतिसमेत भएको छ। माग पूरा नभएसम्म २४ सै घण्टा अनशन बस्ने
उनले बताए ।
पदोन्नतिको
प्रक्रिया सुरु गर्नुपर्ने माग राखेर प्रतिष्ठानका शिक्षकहरूले पुस २९
गतेदेखि आकस्मिकबाहेक सबै सेवा बहिष्कार गरेपश्चात् हाल पठन-पाठन बन्द
रहेको छ । पठन-पाठन बन्द हुँदा आफूहरूको भविष्य अन्धकार हुने भन्दै
विद्यार्थीहरूले अनशन सुरु गरेका हुन् ।