मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

एमाले नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण नभई काठमाडौं फिर्ता

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

झापा नेकपा (एमाले)का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको छ।

सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए।

अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएको जानकारी गराएर काठमाडौं नै फर्काएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए।

‘२३ मिनेट उडेपछि विमानमा खराबी आयो भन्ने सूचना दिइयो। अहिले हामी काठमाडौं विमानस्थलमा छौं। अब यहाँबाट फेरि अर्को उडानमार्फत् जनकपुर जाने तयारी गरेका छौं,’ नेम्वाङले सेतोपाटीसँग भने।

नेकपा (एमाले)को सचिवालय बैठक सिराहाको सर्रे अम्बासमा बस्दै छ। बिहान ११ः ३० बजेदेखि बैठक सुरू हुने नेताहरूले बताएका छन्।

बुद्ध एयरले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौं फर्काउनुपरेको बताएको छ।

‘काठमाडौंबाट जनकपुर उडान नं. ५०१ जहाज ९ एन–एजेशून्य कलसाइ भएको जहाजमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ। सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन्। यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बुद्ध एयरले सूचनामार्फत् भनेको छ।

बुद्ध एयरका अनुसार जहाजमा एमालेका नेताहरूका अतिरिक्त ६८ जना यात्रु थिए। उनीहरूलाई  अर्को जहाजबाट जनकपुर पठाइएको बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए। 

एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।

२०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म एमालेले विष्णुपुरकट्टीमा काठेघर बनाएर चौथो महाधिवेशन आयोजना गरेको थियो। नेकपा (माले)को त्यो महाधिवेशनले माओत्सेतुङ विचारधारा त्याग्दै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवादी, लेनिनवादी तय गरेको थियो। शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा पनि तय गरेको थियो। नेपाली कांग्रेससँग सहकार्य गर्दै पञ्चायतविरुद्ध संघर्ष गर्ने कार्यनीति पास गर्दै ४ वैकिल्पकसहित २० जनाको केन्द्रीय कमिटी चुनेको थियो।

२०४६ साल भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित गरेको थिए। ५ सदस्यी पोलिट ब्युरो पनि गठन गरेको थियो। पोलिटब्युरोमा माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ  खनाल, अमृत बोहरा र चन्द्रप्रकाश मैनाली (सिपी) चुनिएका थिए।

तत्कालीन मालेले स्थानीय हिराबहादुर सुनुवारको जग्गामा काठेघर बनाएर महाधिवेशन आयोजना गरेको थियो। दुई महिना लगाएर तयार पारेको त्यो घरको संरक्षण गर्न मदन भण्डारी स्मृति पार्क बनाउने तयारी गरेको छ। त्यहाँ रहेको १४ कट्ठा जमिन पार्टीको नाममा खरिद गरेर संरक्षणको तयारी भइरहेको सचिव योगेश भट्टराईले जानकारी दिए। विष्णुपुरकट्टीमै रहेको विद्यालयलाई मदन भण्डारीको नामबाट नामकरण गरी १८ कट्ठा जमिन पनि त्यही विद्यालयको नाममा बनाउने तयारी रहेको भट्टराईले जानकारी दिए।

एमालेले तत्कालीन मालेको चौथो महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने स्थानीयहरूलाई सम्मान गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै