मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

अज्ञात समूहद्वारा कुटिए डिभिजन वन कार्यालयका प्रमुख

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार

झापा / जारजकाेटमा अज्ञात समूहद्वारा  डिभिजन वन कार्यालयका प्रमुख कुटिएका छन् ।

आइतबार कार्यकक्षमै प्रमुख अमरप्रसाद शाहमाथि तीन जनाको समूहले कुटपिट गरेका हुन् । उनीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नै भएकाे छ ।

शाहले आफू फिल्डको काम सकेर कार्यालय फर्कंदा आफ्नो कार्यक्षमा तीन व्यक्तिहरू बसिरहेको र उनीहरूले आफूमाथि कुटपिट गरेको बताएका छन्।

‘म फिल्डको काममा बाहिर थिएँ,’ प्रमुख शाहले भने ‘ म कार्यालय फर्किंदा तीन जना व्यक्तिहरू  बसिरहेका रहेछन्। उनीहरुले करारका कर्मचारी हटाएको विषयमा कुरा गरेपछि म दराजतर्फ जान लाग्दा एक्कासि आक्रमण गरे।'

ढाड र अनुहारमा मुक्का प्रहार भएको उनले बताएका छन्।  आक्रमणपछि ती युवाहरू त्यहाँबाट फरार भएका थिए ।

भिडिओमा पनि तीन/चार जनाको समूहले शाहमाथि अन्धाधुन्ध मुक्का प्रहार गरेको देखिन्छ ।

प्रमुख शाहले असार १ गतेदेखि लागु हुने गरी जाजरकोटका मनोज नेपालीलाई ११ महिनाको करार सेवा पछि हटाएका थिए ।

शुक्रबार कार्यालय आएका ती युवाहरूले पनि मनोजलाई करार सेवाबाट हटाएको विषयमा प्रश्न गरेका थिए।

कार्यालयसँग तलब खुवाउने पैसा नभएका कारण  करारका कर्मचारी हटाउन परेको जबाफ आफूले दिएको शाहले बताए।

'निर्णय गरेर करारबाट हटाइएको भन्ने पत्र देखाउन  दराजबाट निकालेर देखाउन खोज्दै थिएँ। पछाडिबाट आक्रमण भयो। ढाडमा दुई मुक्का र अनुहारमा पनि प्रहार भयो। नाकबाट रगतसमेत बगेको थियो,’ उनले भने तर गम्भीर चोटपटक भने नलागेको बताए।'धेरै चोटपटक छैन,तर कार्यकक्षमै भएको आक्रमणले सुरक्षा चुनौति महसुस भएको छ,’ उनले भने।

उनले तीन दिन पहिले बिराजन शाही नाम गरेका व्यक्तिले आफूलाई फोन गरेर धम्की दिएको पनि बताए। ती व्यक्तिले आफूलाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा कार्यकर्ता भएको बताएर करारका कर्मचारी हटाएको विषयमा धम्की दिएको उनको भनाइ छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुवाश शर्माले अपरिचित युवाहरुले कार्यकक्षमै कार्यलय प्रमुख शाहमाथि कुटपिट गरेको विषय जानकारीमा आएको बताए। उनले त्यसमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै