मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

अझै पत्ता लागेन बिर्तामोडकी विष्णुमायाको हत्यारा

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

झापा झापाको बिर्तामोड नगरपालिका- ४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै एकजना वृद्धाको हत्या भएको आज १७ दिन पुगेको छ । हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिए पनि अहिलेसम्म कुनै सुराक फेला पार्न सकेकाे छैन।

बिर्तामोड–४ कालिका नगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको बैशाख २६ गते हत्या भएको थियो । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको प्रहरीको टोली गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका छन् । तर, अहिलेसम्म उपलब्धि हासिल गर्न सकेका छैनन् । चार वटा प्रहरी टोलीले अनुसन्धान गरेको दुई साताभन्दा बढी भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । सवै तहका प्रहरी प्ररिचालन गरी अनुसन्धान गरिरहेकाे उनकाे भनाइ छ ।

घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिए पनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो ।

यसैबीच नेकपा एमालेले वृद्धाको क्रूर र अमानवीय ढङ्गले भएको हत्याले बिर्तामोडको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बनेको जनाएको छ । नगर अध्यक्ष सुवास भट्टराईका अनुसार  घटनाले एकातिर बढ्दो लागू औषध दुर्व्यसनले गर्दा समाजमा मानवीय संवेदना हराउँदै गएको देखिन्छ भने अर्कोतिर समाजमा अपराध मनोवृत्ति डरलाग्दो बन्दै गएको छ ।

रोजगार र अध्ययनको लागि परिवारका सदस्यहरू घरबाट टाढा देश विदेश जाने प्रवृत्ति बढ्दै गएको परिवेशमा एक्लै बसोबास गर्नु पर्ने ज्येष्ठ नागरिकहरूको सम्मानजनक र सुरक्षित बसोबासको लागि राज्यबाटै ज्येष्ठ नागरिक आवासीय भवनको निर्माण, व्यवस्थापन र सञ्चालन गर्नुपर्ने एमालेले माग गरेको छ । विष्टका कान्छा छोरा प्रकाश विष्ट नेकपा एमालेनिकट अनेरास्ववियूका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार