मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

राप्रपा झापाले बिराेध प्रदर्शनसहित बुझायो ज्ञापनपत्र

देश प्रदेश डेस्क 5418+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

झापा राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शनसहित  झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने  कार्यक्रम अनुसार राप्रपा झापाको आयोजनामा मङ्गलबार ज्ञापनपत्र बुझाइएको हो ।

कोशी प्रदेश अध्यक्ष राम थापाको नेतृत्वमा केन्द्रीय सहमहामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरु राजकुमार पोखरेल, अन्जरा आलम, झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको उपस्थितिमा विद्युत प्राधिकरणपूर्व खाली मैदानमा भेला भई विभिन्न नारा लगाउँदै बिराेधर्यालीसहित चन्द्रगढी बजार परिक्रमा गरेको थियो ।

सहभागीहरुले ‘गणतन्त्र मुर्दावाद,भ्रष्ट सरकार मुर्दावाद ,तीनकुने घटनाको निष्पक्ष छानबिन आयोग गठन गर , राजतन्त्र जिन्दावाद , हिन्दुराष्ट्र कायम गर,आस्थाका बन्दी रिहा गर , संघीयता खारेज गर , सरकारको घुसपैठ बन्द गर’ लगायतका नारा लगाएका थिए ।

 जिल्ला सचिव अभिषेक ढुङ्गानाले वाचन गरेकाे ज्ञापनपत्रलाइ प्रदेश अध्यक्ष थापा, केन्द्रीय सदस्यहरु राजकुमार पोखरेल, अञ्जरा आलम, जिल्ला अध्यक्ष केशवप्रसाद ओझालगायतले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई बुझाएका थिए भने अन्य सहभागीहरुले गेट बाहिर नाराबाजी गरेका थिए ।

ज्ञापनपत्र बुझाएपश्चात् राप्रपा कोशी प्रदेश राम थापाले उपस्थित कार्यकर्तालाई धन्यवाद दिएका थिए ।  जिल्ला अध्यक्ष ओझाले ज्ञापनपत्रमा उल्लेख भएको विषयका बारेमा जानकारी गराएका थिए । प्रदर्शनमा करिव ५ सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार