मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

जनकपुरधाममा ८५ क्विन्टल अन्नबाट राम–सीताको प्रतिमा

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१ पौष २०८०, आइतबार

झापा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्नबाट संसारकै ठूलो रामसीताको प्रतिमा बनाइएको छ ।

८५ क्विन्टल अन्नको प्रयोग गरी ११ हजार ११ स्क्वायर फिटको रामसीताको प्रतिमा शुक्रबार साँझ तयार पारिएको हो । पाँच दिनदेखि प्रतिमा निर्माण कार्य स्थानीय रंगभूमि मैदान १२ बिघामा भइरहेको थियो । निर्देशक तथा कलाकार सतिशप्रसाद गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए ।

धान, गहुँ, मकै, बदाम, चाना, लहरको दाल, मसुरको दाल, चामल, उरिदको दालसहितका अन्न प्रयोग गरी रामसीता, राजा जनक र लक्ष्मणको आकर्षक प्रतिमा बनाइएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । भारतको मध्यप्रदेशको हरदा जिल्लाका कुकरावदनिवासी गुज्जरको नेतृत्वको टोलीले प्रतिमा निर्माण गरेको हो । अन्नबाट निर्माण भएको ११ हजार ११ स्क्वायर फिटको यो प्रतिमाले वर्ल्ड रेकर्ड राख्ने उनले बताए । यो प्रतिमाको योजनाकार जनकपुरकी विद्यार्थी गुनगुन मिश्र हुन् । उनले अन्नबाट प्रतिमा बनाएर जनकपुरधामलाई विश्वमा चिनाउनुपर्छ भनेर मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्तलाई सुझाएकी थिइन् ।सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ । जनकपुरधामका मेयर साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए । एक सय दुई क्विन्टल अन्नको प्रयोग भएको जानकारी दिँदै उनले अन्नको सदुपयोग गर्न लागिपरेको बताए । ‘धार्मिकस्थलका रूपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न संघ–संस्था तथा विभिन्न व्यक्तिहरूको सहयोग र संयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौँ, अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ,’ उनले भने । यसअघि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सीतारामको आकृति १० हजार आठ सय स्क्वायर फिट बनाएर विश्व रेकर्ड कायम गरेको थियो । जनकपुरधाममा निर्माण गरिएको आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको गुज्जरले बताए ।
आइतबार धुमधामसँग विवाह पञ्चमी मनाइँदै छ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ श्रद्धालु भक्तजन आइपुगेका छन् । २६ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधामको वातावरण उल्लासमय बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार