मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |
मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |


माघ २० र २१ गते अरुण पूर्वका नौ जिल्ला लिम्बुवान बन्द

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१९ माघ २०८१, शनिबार

झापा केही दिन यता आन्दोलनरत पूर्वका राजनीतिक दल तथा सामाजिक संघ/संस्थाले माघ २० र २१ गते अरुण पूर्वका नौ जिल्ला लिम्बुवान बन्द आव्हान गरेको छ । केबलकार खारेजका लागि आन्दोलनरत बिभिन्न राजनीतिक दल र संघ संस्थाले आइतवार र सोमवार बन्द गर्ने भएका हुन् । 

मुन्धुमीस्थल मुक्कुमलुङ संरक्षण गर्न केबलकार खारेज गरौ, गोली हान्ने, मानव अधिकार उल्लंघन गर्ने सरकारी रबैयाको विरोध गरौ, आगामी माघ २० र २१ गते अरुण पूर्वका ९ जिल्ला लिम्बूवान यातायात बन्द गर्ने घोषणा गरिएको बताइएको छ । 

आफ्ना मागहरु सम्बोधन नभए माघ २२ देखि आमहड्तालमा आम नागरिकलाई मुक्कुमलुङ केबलकार विरुद्धको आन्दोलनमा उत्रिन समेत आन्दोलनरत पक्षले सवैमा आग्रह गरेको छ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित बलुडाँडामा गत माघ १२ गते बेलुकी मुक्कुमलुङ संस्कृतिकर्मीहरूमाथि सशस्त्र र जनपथ प्रहरीले गरेको बर्बर दमन र गोलीकाण्डका कारण मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका गत माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द भइरहेको छ । 

आन्दोलन थप सशक्त बनाउन माघ २० र २१ गते अरुण पूर्व नौ जिल्ला लिम्बुवान बन्द आव्हान गरिएको र त्यसबाट पनि माग सम्बोधन नभए अनिश्चितकालीन आमहडताललगायत देशैभर आन्दोलन चर्काउने  चेतावनी आन्दोलनरत पक्षले दिएको छ । 

आन्दोलनका क्रममा सशस्त्र प्रहरीको गोलीबाट यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङवा गम्भिर घाइते भई उपचाररत छन् । अन्य घाइतेहरू धोजनारायण साँवा र विर्ख लिम्बुको पनि उपचार भईरहेको बताइएको छ । मंगल लावती र विशाल लिम्बु उपचारपछि डिस्चार्ज भएका छन् । सोही दिन लक्ष्मण लिम्बु, चन्द्र सागर लिम्बु र माघ १५ गते प्रदीप मादेनलाई बिना कारण प्रकाउ गरि हिरासतमा राखिएको छ । मुक्कुमलुङ, सेमुक्तु मुक्तुबुङ युमा माङयानको आध्यात्मिक, सांस्कृक्तिक तथा पुरातात्विक महत्वलाई अक्षुण्ण राख्न, केबलकारलगायत कुनैपनि किसिमका कंक्रिटको भौतिक संरचना र विद्युतीय उपकरण निर्माण नगर्न र सम्झौताविहिन आफ्ना माग र अडान कायम रहेको जारी अपिलमा उल्लेख छ । 

सम्पदा जोगाउन शान्तिपूर्ण आवाज उठाउनेमाथि गोली बर्साउन आदेश दिनु र गोली बर्साउनु गम्भीर मानवअधिकार उल्लंघन  भएको र अति निन्दनीय अपराधिक कार्य  भएको, राज्यसत्ता र शक्तिको दुरुपयोग गरी सुनियोजित घट्ना गराउनेहरूमाथि निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही हुनु पर्ने मागसहित बन्द तथा आन्दोलन गरिएको प्रभावशाली युवानेता नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा  संयुक्त पहिचानवादी मोर्चाका सङ्गठन विभाग प्रमुख एल.बी. पालुङ्वाले बताएका छन् ।

गिफ्तार गरिएका सम्पदा प्रेमीहरूलाई बिना सर्त रिहाई गर्नुपर्ने,  नाम्जाःगे (काफ्लेपाटी) बाट सशस्त्र र जनपथ प्रहरी फिर्ता गर्नुपर्ने, केबलकार निर्माण कार्य रोक्नुपर्ने र त्यहाँ भएका स्काभेटरलगायत अन्य सबै निर्माण सामग्री फिर्ता लानुपर्ने,  घाइतेहरूको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, सो घटनाको उच्च स्तरीय न्यायिक छानविन समिति निर्माण गर्नुपर्ने र दोषीहरूलाई कडा कारबाही गरिनुपर्ने, चन्द्र ढाकालको केबलकार कम्पनीले घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्नेलगायतका मागसहित २ दिने बन्द आह्वान गरिएको जारी अपिलमा भनिएको छ । 

उक्त मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहने भएकाले आम सर्वसाधारण र सम्बद्ध पक्षलाई जानकारी गराउँदै माघ २० र २१ गतेको लिम्बुवान बन्द र त्यसपछिको आम हड्तालमा साथ सहयोग र समर्थन सवैमा अपिल गरिएको छ । 

प्रभावशाली युवानेता नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा  संयुक्त पहिचानवादी मोर्चाका सङ्गठन विभाग प्रमुख एल. बी. पालुङ्वाले बताउनुभयो। भनेर थपिदिनु होला। मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् । 

यसैगरी कुमार लिङ्देन ’मिराक, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा, सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति, रमेश राई, अध्यक्ष, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति, धनबहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी, भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन–डिजिजिले संयुक्त रुपमा अपिल जारी गर्दै बिभिन्न माग र नारासहित  बन्द घोषणा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार