मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |
मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |
९ श्रावण २०८२, बिहीबार

झापा / विश्वव्यापी रुपमै एक जटिल समस्याको रुपमा देखापरेको लागू औषधको उत्पादन, बिक्रीवितरण ओसारपसार र सेवनले जताततै गम्भीर चुनौती सिर्जना गरेको छ ।व्यक्ती, परिवार, समाज मात्र नभइ समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रुपमा रहेको लागू औषधको नियन्त्रण र निराकरण तथा न्युनिकरणमा सम्बन्धित न्यायिक निकायहरु नै यदाकदा विमुख हुदाँ उत्पादनशिल र सिर्जनशिल युवा जनशक्ती गुमाउनुका साथै आपराधिक गतिविधी समेत द्रुत गतिमा वृद्धि हुन गइरहेको छ ।
यसको विरुद्ध सामूहिक प्रतिवद्धता नहुनु सरोकारवाला निकाय काम गरे झै र मौनतामा रहनु स्थानीय सरकारहरुले   आफ्नो पालिका नगर सभामा स्थान नपाउनु, गुरुयोजना नबनाउनु र भारतीय सिमा क्षेत्रलाइ दोष दिदै  राजनितिक संरक्षणमा नै  ड्रग्स माफिया लाई राजनितिक  सुरक्षित संरक्षण गर्नुले  नै आज नेपाल लागू औषध दुर्व्यसनको हव बन्दै गएको छ ।
लागू औषध दुर्व्यसनको बढ्दो प्रकोपबाट आफ्ना सन्ततीलाई कसरी जोघाउने भनेर एक थरी चिन्तित् छन । ड्रग्स माफियाहरु आर्थिक प्रलोभनमा पारी आफ्नो सञ्जाल विस्तार गर्ने ,प्रहरी प्रशासन , राजनिती शक्तिलाइ पहुँचमा लिइ समाज सुधारको छन्दभेषमा ड्रग्स कारोवारलाई तिब्र बनाउने ठूलो नेटवर्क तयार भएको अवस्था छ ।अरबौंपती बन्ने सपना लिएर बालबालिका देखि वयस्क उमेर समूहलाई लक्षित गरि लागु औषधको पासो ( धराप) मा पार्न सफल हुँदै गएका छन ।यो विनासकारी कुलतले खासगरी वर्तमानका साझेदारी भविश्यका कर्णधार पिँडिलाई नष्ट-भ्रष्ट तुल्याउने अवस्था बढ्दो छ ।यस्तो सक्रमण रुपि डढेलोमा होमिन बाट जोगाउन सकिएन भने भोलिको नेपाल जिउँदा लासहरुको देश  नबन्ला भन्न सकिने अवस्था छैन। भुँइ नगरिकको हैशियतले शोच्दा देशका ऐन, नियम र कानुनका बागडोर समातेर बसेका शासक , प्रशाशक , सुरक्षा निकायहरुले आ- आफ्ना अख्तियार क्षेत्रमा इमानदार भइ काम गरि दिएको भए पनि यति धेरै  समस्या आउने थिएन होला । कलम समाउने  १८ वर्ष मुनिका बालबालिका हातमा चुरोट तथा सुर्तिजन्य पदार्थ र वाइनलगायत बियरका बाेतल सायद समात्न पुग्दैन थिए होला।
आजको अवस्था  जस्तो दैनिक झै गन्धे खाडिका वनमाराझै पल्लवित - पुस्पित बन्दै जानबाट रोक्न सकिन्थ्यो । तर डग्स माफिया धनाढ्य र सत्ता शक्ति सबै पक्षमा मजवुत भएका हुदाँ माफियाको सञ्जाल्स तोड्न कठिन बन्दै गएको छ । अर्को तर्फ दिन दुई गुणा र रात चौगुणा झै युवायुवती दुर्व्यसनमा फँस्ने गरेको पाइन्छ । यस्ता कयाैँ  उदारणहरु प्रचार प्रसारमा नआएका पनि होइनन ।
आज सम्म को स्थिति हेर्दा सुन तस्करी, हतियार तस्कारी र लागू औषध ( ड्रग्स) माफियाहरुका मुख्य नाइके कानुनी दायरामा आएको पाइदैन । पक्राउ पर्दैनन र त्यस्ता तस्करिको विरुद्ध  छापा वा सञ्चार माध्यममा एका दुई मात्र आउने गर्दछन । किनभने धेरै ठाउँमा भित्री रुपमा तिनै माफिया द्धारा संञ्चार जगत, कलम जिवि, प्रहरी प्रशासन र राजनितिक  शक्तिमा उनिहरुको नै पहुँच  हुने गर्दछ ।
पछिल्लो समयमा जब लागू पदार्थ दुर्व्यसन विरुद्धको सक्रीय अभियान कानुनको कार्यान्वयन र सहिपचान अभियान सुरु भयो लगातार सरोकारवालाहरुलाई सन्चार , अनलाइन , पत्रपत्रीकाबाट खवरदारी पछि प्रहरी प्रशासनको केहि सक्रीयता बढेको पाइयो तर कामकारबाही चाहिँ सिम सिमेराजाको पाला देखि चलिआएको परम्परा कायमै रहेको छ ।
गत २०८२ श्रावण २ गते विर्तामोड ५ निवाशी सनलाइट फर्माका सञ्चालक, एमाले विर्तामोड नगरकमिटी सदस्य तथा एमाले निकट राष्ट्रीय स्वास्थ्यकार्मी संघ झापाका उपाध्यक्ष समेत रहेका  भानुभक्त  खरेल अत्याधिक धेरै लागू औषधजन्य औषधि कारोवार गर्दै आएकोमा धर्मकाटा उत्तर अर्जुनधारा ६ निवाशी लोटस होटल नजिक मनकुमार संग्रौलाको घर  गोदाम को रुपमा भाडामा लिइ केही वर्ष देखि विभिन्न नामका प्रतिवन्धित ( ड्रग्स )  औषधि कारोवार गर्दै आएकोमा साउन २ गते विशेष सुराकिमा उनको गोदाममा प्रहरीले छापा मार्दा पहिला उनी फरार हुन्छन । अत्याधिक सामान वरामद हुन्छ, उनका सहयोगी अर्जुनधारा निवाशी वर्ष २५ का विनोद घिमिरे पक्राउ पर्छन र मिडिया बाजि गरिन्छ तर सञ्चालक भानुभक्त खरेलका विषयमा केही मिडिया वाहेक र प्रहरी प्रशसन मौन देखिन्छन उनको नाम समेत पत्रकार सम्मेलनमा प्रहरी भन्न अनकनाउछन । खोजी गर्ने, पक्राउ पर्ने कुरा  कति सम्भव होला ।  यो घटना ले पहिले देखिको परिपाटीलाई निरन्तर्ता दिन्छ वा तोड्छ त्यो हेर्न बाँकी छ ।  खरेल नै पहिलो होइन यस्ता मुख्य कारोवारी समरक्षण र एक सिधा साधा कामदार तथा भरियालाई मात्र प्रचार गर्ने कानुनी कठघरामा उभ्याउने चलन पुरानै हो ।
लागू औषधका कारोवारीहरु समाज सेवाको रुपधारणा राजनिती शक्तिमा पहुँच होडवाजी जस्तै छ ।त्यसैको पुनाराबृती खरेल पनि एक हुन ।
ड्रग्स माफियाहरु आज मात्र होइन पहिले देखि नै  हतियार , सुन तथा ड्रग्स धन्दा गर्दै अकुत सम्पती आर्जन गर्दै आफ्नो आधारतय गर्न साजजिक रुप देखाउदै सत्तासक्तिमा पुग्ने यो नियम बन्न पुगेको छ । विकासोन्मुख राष्ट्रमा आर्थिक प्रलोभवनबाट नै शक्तिसत्ता शासक प्रशाकलाई खरिद गरिने समस्या जिउँका त्यही छ । यो जालो भत्काउन जब सम्म सचेत नागरिक समाजमा स्थापित हुदैनन् तब सम्म सम्भव छैन ।
केही वर्ष अगाडि रौतहट गौरका नगरप्रमुखको गाडीमा  ठूलो परिणाममा गाँजा  बरामत भयो,  समाचार आयो तर सेलायो यस्ता घटनाको चाङ्गनै छ तर खरेले उन्मुक्ति पाए भने नौलो नहुन सक्छ ।
ड्रग्स कारोवारिहरु स्रोतका अनुसार चिनेका छन् तर भरपर्दो सुचना कस्लाइ दिने ? उहीँ प्रशासन नजिक छ बिहान बेलुका खेलकुद देखि रात्री कालिन भोजमा उहीँ छ उसैको विरुद्ध सुचना दिनु भनेको खुकुरिमा धार लगाएर हिड्नु झै हो ।
अझ अहिले त विभिन्न क्लव, संस्था जस्ता सामाजिक क्षेत्रमा  आवद्धभएर पैसाको बलमा समाज सुधारको रुप धारणा गरि सामाजिक राजनितिक तह सम्मको सफल पहुँचले स्थापित छन ।सर्वसाधरण नागरिक टुलु टुलु मुखदर्शक बन्नु शिवाय केही छैन । खरेल को गोदाम सम्म कसरी प्रहरी पुग्यो भन्ने मा एक अर्काको प्रतिश्पर्दी हुँदा पोल खुलेको हो भनी  स्रोत  बताउने गर्दछन ।
यस्ता धन्दा साच्चै अनुसंन्धान गर्ने हो भने अरु धेरै डिलर र सव डिलर कानुनको दायरामा ल्याउन सकिन्छ ।
खरेलका मात्र होइन महङ्गा गहना,घर, गाडी   र व्यापार निर्माणमा लगानी त्यस्ता अरु पनि हुन सक्छन् । खरेललाई अनुसन्धान गर्ने कानुनी दायरामा ल्याए अन्य थप ड्रग्स माफिया को सञ्जाल सम्म पुग्न सकिने स्थानीय जानकारहरु बताउछन । उनको सम्पती शुद्धिकरण हुनुपर्नेमा सबैको अपेक्षा रहेको छ ।
 स्थानीय स्रोतहरु दावी गरिरहेका छन् । सामान्य सेवन कर्ता पक्राउ पर्दा तामझाम गरि लेख्ने सञ्चारकर्मीहरु यतिको परिणाममा ड्रग्स  फेला पर्दा मौन देखिनु भानुभक्त खरेलको बिषयमा कलम नचल्नुले ड्रग्स माफियाको सञ्जाल कहाँ सम्म छ भन्ने कुरा उठन थालेकोछ ।
प्रहरी प्रशासनले अब लागू औषध नियन्त्रणमा रणनिती परिवर्तन गर्न आवश्यक छ । प्रचारबाजि  स्कुल सम्पर्क कार्यक्रम भन्दा कडा निगरानी चेक जाँच  अनुसन्धान र कारबाहीलाई विस्वाशिलो बनाउन जरुरी देखिन्छ ।प्रहरीका जिम्मेवार अधिकृतहरुको माफियासँग उठवस गर्ने नगर्ने एकिन हुन जरुरी छ ।उठबस, खेलकुद आफ्नै संगठनका सदस्यहरुसँग  गर्नु उचित हुने देखिन्छ । सुर्तिजन्य, मदिराजन्य , होटल व्यवस्था ऐन नियमलाई पुर्ण पालना गराउन सरोकारवाला कार्यालय, स्थानिय सरकारसँग प्रहरीको समन्वय बैठक हुन जरुरी छ ।एक्यवद्धता सबैको लिदै लागू औषध नियन्त्रण न्युनिकरण आपुर्ती सप्लाइमा प्रहरी प्रशासन लाग्न जरुरी छ ।
खरेल जस्ता ड्रग्स माफियाले उन्मुक्ती नपाउन कानुनी दायरामा ल्याउन सबैको ध्यान केन्द्रीत होस।

 

प्रतिक्रिया

इन्द्र प्रसाद ओली १० श्रावण २०८२, शुक्रबार

ड्रग्स माफिया लाई उन्मुक्ती दिनु हुदैन ।यी मात्र होइन यो धन्दा मा अरु धेरै सक्रीय छन।

इन्द्र प्रसाद ओली १० श्रावण २०८२, शुक्रबार

ड्रग्स माफिया लाई उन्मुक्ती दिनु हुदैन ।यी मात्र होइन यो धन्दा मा अरु धेरै सक्रीय छन।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार