मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

कोशी प्रदेशकाे नाम खारेजी माग गर्दै विराटनगरमा प्रदर्शन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

झापा । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच-मधेश ब्यूरोले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै शनिबार विराटनगरमा प्रदर्शन गरेको छ ।

विराटनगर बजार परिक्रमा गरी महेन्द्रचौकमा टेम्पु र्‍यालीसहितको विरोधसभामा सम्बोधन गर्दै संयोजक महतोले एकल राष्ट्रिय राज्यको चरित्र बद्लेर बहुल राष्ट्रिय राज्यको स्वरुप धारण नगरेसम्म आम नागरिकले परिवर्तनको महसुस गर्न नसक्ने बताए ।

मधेशी, लिम्बु, राई, कोचले पहिचान मागेकाले त्यसै अनुसार नयाँ नाम राख्नुपर्ने र कोशी खारेज गर्नुपर्ने उनले बताए । सभालाई सम्बोधन गर्दै नेता केशव झाले कोशी प्रदेशको नामकरण मात्रै होइन सीमांकन पनि त्रुटिपूर्ण रहेको बताए ।

कार्यक्रममा कमला गुरुङ, राजीव झा, सुमन सायमी, सन्तोष मेहता, सीएन थारु, चन्द्रप्रसाद राजवंशी बुद्धछिरिङ मोक्तान, केवल राई, दिपेन्द्र चौधरी, चुन्नि खातुन, सनम लिम्बु, सत्यनारायण साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै