मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

गिरीबन्धुको फायल खाेलेरै छाड्ने प्रचण्डको चेतावनी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१५ पौष २०८१, सोमबार

झापा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी इस्टेटकाे घाेटला सार्वजनिक गरेरै छाड्ने बताएका छन्।

 झापाकाे गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीबन्धु, ओम्नी, वाइडबडी ,नक्कली भुटानी शरणार्थी प्रकरणलाई पर्दाफास गरेरै छाड्ने चेतावनी दिएका हुन्।

गिरीबन्धु टी इस्टेट आफैले हेरेको र त्यहाँका किसानहरुको मर्म बुझेको भन्दै उनले भने, ‘मेरो सुई गिरीबन्धुतिर जाँदै थियो , गिरीबन्धु भनेको केपी ओली हो भनेर बुझेर रातारात गठबन्धन तोडियो ।’ गिरीबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो र बेचन झा पक्राउ परेपछि सुई अर्कातिर सोझिने देखेर रातारात गठबन्धन तोडेर अप्राकृतिक गठबन्धन बनेको उनले आरोप लगाए ।
उनले संविधान संशोधनको अधिकार माओवादीलाई मात्र भएको भन्दै प्राप्त उपलब्धि खारेज गर्ने किसिमको संशोधन माओवादीलाई मान्य नहुने चेतावनी दिए । आफ्नो कार्यकालमा भ्रष्टाचारका मुद्धामा ठुला ठुला कर्मचारी र मन्त्रीसंगै भूमाफिया ,दलाल ,बिचौलियाहरुलाई कार्बाही गरिएको दावी गरे । अहिलेको सरकार जालझेल र षडयन्त्रको रुपमा आएको भन्दै यो अलोकतान्त्रिक सरकारले भ्रष्टाचारी ,दलाल र बिचौलियाहरुलाई सहयोग गरिरहेको आरोप लगाए ।

उनले हुलाकी राजमार्गमा अलपत्र पुलहरूको निर्माण पूरा गराउन प्रतिनिधि सभामा दह्रो कुरा राख्ने आश्वासन दिए। उनले कनकाई तथा रतुवा नदीमा अलपत्र पुलहरूका बारेमा संसदमा कुरा राख्ने आश्वासन दिएका हुन्।

नेकपा माओवादी केन्द्रका झापा जिल्ला इन्चार्ज झलकसिंह दर्लामी ‘सन्देश’को अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेल, कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङवो ,वाईसिएलका केन्द्रीय सचिव डम्वर पुलामी(कर्मा), केन्द्रीय सदस्यहरु धर्मशिला चापागाई, रञ्जित तामाङ, लक्ष्मी न्यौपाने सरु, हरिकुमार राना, ज्योतिसिंह दर्लामी, भोजेन्द्र चौलागाई, प्रदेश उपाध्यक्ष मणीकुमार साङपाङ, प्रदेश सचिवालय सदस्य दुर्गा चौलागाई (श्रीकान्त) लगायत प्रदेश, जिल्ला र नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा करिव ७ सयजना पार्टी प्रवेश गरेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार