मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

पूर्वकै प्रतिष्ठित झापाको दमक स्थित निर्माण भएको भ्युटावर अलपत्र

देश प्रदेश डेस्क 5188+ समाचार ( )
९ पौष २०८२, बुधवार

झापा / कुनै-कुनै विकास आयोजना यस्ता हुन्छन्, जसले विकासको आशासँगै आक्रोश र आलोचना पनि खेपिरहनुपर्छ । कतै अनियमितताको आशंका त कतै नेतृत्वप्रतिको अविश्वासका कारण विकास योजना आलोचनाको शिकार बन्छन् ।

पूर्वी नेपालकै नमुना आयोजना मानिएको झापाको दमकस्थित भ्यूटावर त्यस्तै एउटा आयोजना हो । त्यसमाथि जेन-जी आन्दोलनका क्रममा लुटपाट र तोडफोडमा परी करोडौंको नोक्सानी बेहोरेपछि डेढ अर्ब बढी सरकारी लगानी भइसकेको भ्यूटावरको भविष्य थप अनिश्चित बनेको छ ।

दमकको यो भ्यूटावरले निर्माण सुरू भएदेखि नै आलोचना खेप्नुपरेको थियो । चौतर्फी आलोचना खेप्दै भए पनि निर्माण पूरा भएको भ्यूटावर गत साउनमा उद्घाटन भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै थियो । दमक व्यापारिक कम्प्लेक्स नाम दिइएको १८ तले टावर भदौ २४ गते प्रदर्शनकारीको निशानामा पर्‍यो । प्रदर्शनकारीले तोडफोड गरेपछि अहिले टावर परिसर सुनसान छ । टावरको यो हालतले स्थानीयलाई निकै निराश बनाएको छ ।

तोडफोडबाट टावरका सबै तलामा क्षति पुगेको छ । टावरभित्रका महत्वपूर्ण सामान लुटिएका छन् । तोडफोड भएको तीन महिना बितिसक्दा पनि सरसफाइ नगरिँदा टावर परिसरमा सिसैसिसा छरपष्ट छ । टावरमा एक दुई जना सुरक्षागार्डबाहेक कुनै सरकारी कर्मचारीको उपस्थिति देखिँदैन । 

यो हालतमा पुगेको भ्यूटावरको स्वामित्व लिन दमक नगरपालिकाले अग्रसरता देखाएको छ । तर, क्षतिग्रस्त टावर मर्मत र सडकलगायतका पूर्वाधार निर्माणमा भने संघ र प्रदेश सरकारले नै लगानी गर्नुपर्ने उसको सर्त छ । एक अर्ब ५६ करोड रूपैयाँ लागतमा निर्माण भएको दमक भ्यूटावरलाई स्थानीय अर्थविद्हरू भने पूर्वकै लाइफलाइनका रूपमा व्याख्या गर्छन् । 

यो टावरलाई सरकारले तत्काल मर्मत गरेर निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गरेमात्र राष्ट्रिय सम्पत्तिको संरक्षण हुने अर्थशास्त्रीहरूको सुझाव छ । भदौ २४ को तोडफोडबाट भ्यूटावरमा २५ करोड ३७ लाख रूपैयाँ बराबरको क्षति पुगेको सघन सहरी विकास कार्यालयले प्रारम्भिक आँकडा सार्वजजिक गरेको छ । 

उद्घाटनपछि डेढ महिनामात्र चल्न पाएको यो संचरनालाई मर्मत गरी पहिलेकै रूपमा ल्याउने विषयमा छलफल चलिरहेको कार्यालयका अधिकारीहरू बताउँछन् । दमक भ्यूटावरसहित देशभरका विशेष प्रकृतिका संरचना सञ्चालनका लागि सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश-२०८१ जारी गरेको छ । 

समितिले सञ्चालनको जिम्मेवारी लिइनसक्दै भ्यूटावर क्षतिग्रस्त बनेपछि अब कसले र कसरी भ्यूटावर चलाउला भन्ने अन्योल छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै