मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

रास्वपा मधेश अधिवेशन: विधिको कुरा गर्ने पार्टीभित्रै कुटाकुट र तालाबन्दीको श्रृंखला, अधिकांश जिल्लामा प्रक्रिया ठप्प

भेषराज नेपाल 49+ समाचार ( )
२५ जेठ २०८३, सोमबार
झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशअन्तर्गतका जिल्ला तथा पालिका अधिवेशनहरूमा तीव्र विवाद, कुटपिट र तालाबन्दी भएपछि अधिकांश क्षेत्रमा निर्वाचन प्रक्रिया ठप्प भएको छ।

जान्नेलाई छान्ने’ र विधिको कुरा गर्ने रास्वपाभित्र आफू अनुकूलका व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन चलखेल गर्ने केन्द्रीय नेता तथा सांसदहरू नै गुटबन्दीमा सक्रिय भएपछि तल्लो तहको संगठन भद्रगोल बनेको हो।

पार्टी विधान र पद्धतिविपरीत आफ्ना खल्तीका मानिसहरूलाई प्रतिनिधि बनाइएको, विभाग गठनका माइन्युटहरू गोप्य राखिएको र पार्टीभित्र पुराना दलहरूकै जस्तो भागबन्डा र हैकमवादी प्रवृत्ति हाबी भएको असन्तुष्ट पक्षको आरोप छ। विवाद उग्र बनेपछि केन्द्रीय अनुशासन र निर्वाचन आयोगमा मधेशका जिल्लाहरूबाट सबैभन्दा बढी उजुरी दर्ता भएका छन्।

एक नेताका अनुसार यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आफ्ना निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने प्रयास गर्दा विवाद बल्झिँदै गएको छ ।

यसै क्रममा सिरहाको जिरोमाइलस्थित जिल्ला अधिवेशनस्थलमा नेतृत्व चयनको विषयलाई लेकर दुई समूहबीच प्रत्यक्ष कुटाकुट हुँदा र्‍यापिड एक्सन टिम (RAT) का जिल्ला प्रमुख दिनेश थापासहित केही कार्यकर्ता घाइते भएका छन्।

स्थिति नियन्त्रण बाहिर गएपछि त्यहाँको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ। यता पर्साको वीरगन्जमा जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा सभापति एवं सांसद हरि पन्तको पक्षले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएपछि कार्यकर्ताहरूबीच सडकमै हेलमेट हानाहान र कुटाकुट भएको थियो। उक्त झडप नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो। महोत्तरी र रौतहटमा पनि नगर र क्षेत्रीय अधिवेशनदेखि सुरु भएको कुटपिट तथा तीव्र मतभेद जिल्ला तहसम्म पुगेपछि सुरक्षाको कारण देखाउँदै अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको अधिवेशन विवादलाई लिएर जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा असन्तुष्ट कार्यकर्ताहरूले तालाबन्दी र नाराबाजी गरेका छन् भने जनकपुर उपमहानगरमा निर्वाचन आयोगको निर्देशनविपरीत नेतृत्व घोषणा गरिएपछि विवाद थप चर्किएको छ।

बाराको कलैया उपमहानगरपालिकाको अधिवेशन परिणाम र जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीबाट निष्कासन गरिएको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरू काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमै पुगेर धर्ना र विरोध प्रदर्शन गरिरहेका छन्। विधानविपरीत प्रतिनिधि र नेतृत्व चयन गरिएको भन्दै उजुरी परेपछि अनुशासन र निर्वाचन आयोगको निर्देशनमा सप्तरी र सर्लाहीका अधिवेशनहरू पूर्ण रूपमा रोकिएका छन्।

मधेशका अधिकांश जिल्लामा विवाद नसुल्झिएकाले रास्वपाको आसन्न राष्ट्रिय महाधिवेशनको तयारी समेत गम्भीर रूपमा प्रभावित बन्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार