मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग

भेषराज नेपाल 40+ समाचार ( )
२० जेठ २०८३, बुधवार

झापा / धरान स्थित विजयपुर दरबार क्षेत्रका करिब दुई दर्जन पुराना समाधि तथा चिहानहरू जेठ २ गते गरेकाे तोडफोडप्रति किराँत याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिले आपत्ति जनाउदै तोडफोडमा संलग्नको अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी विजयपुर दरबार क्षेत्रभित्र रहेका लिम्बू समुदायसँग सम्बन्धित पुराना समाधिहरू तोडफोड गरिएको घटनाप्रति आपत्ति जनाएको हो । कार्यसमितिका अध्यक्ष तिर्थराज मादेम्बा र सचिव बिप्लक थक्लेनद्वारा जारी गरिएको विज्ञप्तिअनुसार ऐतिहासिक लिम्बुवानको केन्द्र मानिने विजयपुर दरबार परिसरमा समाधिहरु क्षतिग्रस्त अवस्थामा फेला परेका थिए । ती समाधिहरू याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धित ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेका पुरातात्विक सम्पदा भएको बताइएको छ ।

चुम्लुङले घटनालाई असंवेदनशील, अमानवीय र असामाजिक क्रियाकलापको संज्ञा दिँदै दोषीको तत्काल खोजी गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, भत्काइएका समाधि तथा चिहानहरूको पुनःनिर्माण गरी पुरानै अवस्थामा संरक्षण गर्न स्थानीय सरकारसँग आग्रह गरेको छ ।

विज्ञप्तिमा विजयपुर दरबार परिसरलाई राष्ट्रिय तथा ऐतिहासिक सम्पदाको रूपमा संरक्षण गर्दै दीर्घकालीन रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने मागसमेत गरिएको छ । साथै, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदा संरक्षण, अभिलेखीकरण र व्यवस्थापनका लागि ठोस योजना बनाउन आग्रह गरिएको छ ।

संगठनले आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा अनुसार लिम्बू समुदायको सहमति र सहभागितामा मात्र ऐतिहासिक सम्पदासम्बन्धी परियोजना अघि बढाउनुपर्ने आवश्यकता समेत औँल्याएको छ ।

धरानस्थित किरात याक्थुङ चुम्लुङले विजयपुर दरबार परिसरलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनसँग जोडेर व्यवस्थित विकास योजना अघि बढाउन सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार