मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

कोशी प्रदेशमा एमालेसहितको मन्त्रिपरिषद् गठन, इलामका दुईजना मन्त्री

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२८ अशोज २०८०, आइतबार

झापा  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमाले सांसद रामबहादुर रानासहितको तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार इलामका कांग्रेस सांसद शम्शेर राईलाई पनि मन्त्रीमा नियुक्त गरेका छन् । राना पनि इलामकै हुन् । कांग्रेसका विद्रोही सांसदमध्ये इलामका राई र एमालेबाट दलका उपनेता इलामकै राना मन्त्री नियुक्त भएका हुन् ।राई र राना दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् । यसअघि उद्धव थापा नेतृत्वको सरकारमा एउटै जिल्लाबाट दुई जना मन्त्री भएको जिल्ला ओखलढुंगा थियो ।

संविधानको धारा १६८ (५) अनुसार अनुसार कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । कांग्रेसका सांसदहरु कांग्रेस नेता शेखर कोइराला निकटका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेदेखि नै कोइरालाले मुख्यमन्त्री कार्कीलाई बनाउन लबिङ गर्दै आएका थिए । शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र कोइरालाबीच सत्तारुढ गठबन्धनलाई मजबुत बनाउने सहमति गरेका थिए । एमालेले कार्कीसँग तीन विषयमा सहमति भएको र त्यसमा सरकारमा सहभागिताको विषय समेत रहेको जनाएको छ । उनीहरुले कार्की आफ्नो प्रतिबद्धतामा इमान्दार रहेसम्म समर्थन गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार