मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

एमाले झापाको नयाँ नेतृत्वद्वारा सपथग्रहण

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

झापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएको १४९ सदस्यीय कमिटीले सपथग्रहण लिएका छन् ।

जिल्ला पार्टी कार्यलय बिर्तामोडमा आज आयोजित कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरु र लेखासमितिका पदाधिकारी सदस्यहरुले सपथग्रहण लिएका हुन् ।  उनीहरुलाई निर्वाचन अधिृकत टंक दंगालले सपथ गराएका थिए ।अधिवेशनबाट अध्यक्षमा प्रेम बहादुर गिरीसहित सबै पदमा निर्विरोध निर्वाचित १४९ सदस्यीय कमिटीको घोषणा गरेका थिए ।

उपाध्यक्षमा शिव ढुङगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी र अनिता कन्दङवा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियाे ।

पाँच पदाधिकारी , १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसंख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् । १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्नेछ ।

घोषणा तथा सपथ ग्रहण कार्यक्रममा नेताहरु हिक्मत कार्की, बिशाल भट्टराई, देवेन्द्र दाहाल, रविन कोइराला, रोमनाथ ओली, जसमाया जगमेर, इन्द्र भण्डारी, मेनुका काफ्ले, जलवर्षा राजवंशी लगायतले मन्तव्य राखेका थिए । अधिकांश नेताहरुले झापाले सर्वसम्मत गरेर देशव्यापारी सकारात्मक सन्देश दिएको बताएका थिए । झापामा सर्वसम्मत गरेर एकताको सन्देश दिएको नेताहरुको भनाई थियो ।जिल्ला अधिवेशन चैत १५ गतेबाट सुरु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार