झापा । नेपालमा नै पहिलो पटक ओम साइ पाथिभरा हस्पीटल भद्रपुरले माइ डीएनए प्रविधि(रोग लाग्नु भन्दा अगाडि जानकारी दिने प्रविधि) सञ्चालनमा ल्याउने भएको छ । कुनै पनि व्यक्तिको स्वास्थ्यमा के कस्तो अवस्था छ भन्ने जानकारी पाउने उद्देश्यले अस्पतालमा परीक्षण गर्न आउने व्यक्तिलाई मध्यनजर गरी यो प्रविधि सञ्चालनमा ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा विरामी मानिसहरुलाई प्रभावकारी सेवा दिने उद्देश्य लिएर माइडीएनए प्रविधि सञ्चालनमा ल्याउन लागिएको ओमसाइ पाथिभरा हस्पीटलका अध्यक्ष दिपक कुमार पोखरेलले जानकारी दिए । प्रविधिका बारेमा झापा लगायत मोरङ र सुनसरी जिल्लाका विभिन्न अस्पतालका चिकित्सकहरुलाई समेत राखेर यसको बारेमा जानकारी गराइएको थियाे । यो प्रविधिले पन्ध्र, बीस बर्षपछि कुन रोग लाग्दैछ भन्ने बारेमा समेत अग्रिम जानकारी गराउने भएकोले गुणस्तरीय सेवा दिनका लागि नेपालमा पहिलो पटक अस्पतालले प्रयोग गर्ने जमर्को गरेको उनको भनाइ छ ।
डीएनएको जेनेटिक प्रविधिबाट शरिरका विभिन्न अङ्गको अवस्था समेत थाहा पाउने माइ डीएनए नेपालका निर्देशक दिवाकर वजगाईले जानकारी दिए । यो प्रविधिबाट भविश्यमा आउदै गरेका र लागिसकेका रोगका बारेमा जानकारी दिने प्रविधि भएको उनले बताए । प्रतिकृयात्मक जेनेटिक परीक्षणको बारेमा पहिले नै परिणाम प्राप्त गर्ने उनको भनाइ छ । विशेषज्ञ परामर्श र प्रत्येक कदममा मार्गदर्शन गर्ने भएकोले यो प्रविधिबाट परीक्षण गर्न प्रभावकारी हुने उनले बताए । माइ डीएनएले रगतको नाता छुट्टयाउने मात्र नभएर भविश्यका बारेमा सर्तक गराउने उनको भनाइ छ । डीएनएमा परिवर्तन वा ’जेनेटिक वेरिएन्ट’ मा खोजी गर्दछ । जसले स्वास्थ्यमा अत्यन्त मूल्यवान अनुसन्धान प्रदान गर्ने उनले बताए ।
वर्तमान स्वास्थ्य स्थितिको जैविक आधार बिखण्डन गरी र भविष्यमा सम्भावित खतराहरू पहिचान गरी, निवारक जेनेटिक परीक्षणले सक्रिय स्वास्थ्य व्यवस्थापनको लागि एक अद्वितीय अवसर प्रदान गर्ने माइ डीएनए उत्पादन गर्ने लर्ड मार्च उद्योग मुम्वइका कार्यकारी प्रमुख सुवोद गुप्ताले जनाए । भविष्यमा भएका सम्भावित खतराहरूको अन्तरदृष्टि व्यक्तिहरूलाई आज सूचित निर्णय र शक्ति प्रदान गर्ने यो प्रविधि महत्वपूर्ण भएको उनको भनाइ छ ।
लर्डमार्चबाट उत्पादित यो प्रविधि प्रभावकारी देखिएकोले नेपालमा आवश्यक ठानेर पठाउन लागिएको कम्पनीका प्रवन्ध निर्देशक मानव तेलीले बताए । यो प्रविधि बालबालिकाकामा समेत प्रयोग गर्न सकिने उनले बताए ।
ओम साइ पाथिभरा हस्पीटल भद्रपुरले आयोजना गरेको कार्यक्रममा चिकित्सकहरु ज्योति अग्रवाल, लक्ष्मीप्रसाद मैनाली, मुना सुवेदी लगायतले प्रविधिका बारेमा जिज्ञासा राखेका थिए । अस्पतालका प्रमुख प्रशासक दीप पौडेलले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष पोखरेलले औचित्यमाथि प्रष्ट पारेका थिए । कम्पनीका तर्फबाट प्रवन्धक निर्देशक तेली, कार्यकारी प्रमुख गुप्ता र नेपाल तर्फबाट वजगाईले उत्पादिन माइ डीएनए प्रविधिका बारेमा जानकारी गराएको कार्यक्रममा विभिन्न अस्पतालका एक सय पचास भन्दा बढी चिकित्सकको उपस्थिति रहेको थियो ।