मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

पत्रकार उपचार कोषमा अधिकारी परिवारले गरे सहयोग

देश प्रदेश डेस्क 5094+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

भद्रपर। भद्रपुर– १० चन्द्रगढी निवासी स्वर्गीय काशीनाथ अधिकारीको स्मृतिमा अधिकारी परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको सहारा पत्रकार उपचार कोषलाई १० हजार एक सय पाँच रूपैयाँ सहयोग गरेका छन् ।

गत वर्ष भदौ ८ गते ७० वर्षको उमेरमा उपचारको क्रममा निधन भएका पति तथा ससुरा बुबाको स्मृतिमा पत्नी गंगादेवी अधिकारी र बुहारी मञ्जु खतिवडा अधिकारीले पत्रकार उपचार कोषलाई सो रकम सहयोग गरेका हुन् । रकम बुझ्दै उपचार कोषका संयोजक केशव भट्टराईले सहारा पत्रकार उपचार कोष झापाली सञ्चारकर्मीको साझा कोष भएकाले दाताहरूको माया पाइरहेको बताए ।

खोटाङ जिल्लाको साविक डुम्रे धारापानी १ हिडपा गुहेलेमा २००९ साल असोज १३ गते जन्मेका स्वर्गीय अधिकारी लामो समय सरकारी सेवामा कार्यरत राष्ट्रसेवक थिए । उनी परिवारसहित भद्रपुर १० चन्द्रगढीमा २०६० सालदेखि स्थायी बसोबास गर्दै आएका थिए । १० वर्ष सरकारी शिक्षकका रूपमा सेवा गरेका उनले ३२ वर्ष निजामती कर्मचारी भएर सेवा निवृत्त भएका थिए । पाचन प्रणालीमा पलाएको ऐजरूको शल्यक्रियाको क्रममा २०७९ भदौ ८ गते भक्तपुरको सल्लाघारी क्यान्सर अस्पतालमा उनको निधन भएको थियो ।

स्वर्गीय अधिकारीका दुई छोरा द्रोण अधिकारी र ठाकुर अधिकारी छन् भने एक छोरी अनिता अधिकारी पोखरेल र ज्वाइँ डिल्ली पोखरेल तथा बुहारीहरू मञ्जु खतिवडा अधिकारी र राधा रिमाल अधिकारी सहित दुई नाती र दुई नातिनी रहेका छन् ।
स्वर्गीय अधिकारीले खोटाङमा रहँदा विद्यालय स्थापनादेखि सामाजिक जागरणसम्मका समाजसेवाका काममा योगदान पुर्याएको स्मरण गर्दै परिवारले समाजमा केही न केही देन दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार