मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

झापा / रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ। प्रतिकूल मौसम र बाढीको जोखिमबीच उद्धार टोलीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।

उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयबाट जानकारी दिइएको छ।

यसअघि भोटेकोशी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनामा ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।

त्रिशूली–३ ‘ए’ का लागि हेलिकप्टर परिचालन

यसैबीच अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा कामदारको उद्धारका लागि ‘डेडिकेटेड’ हेलिकप्टर परिचालन गरिएको छ। सुरुङभित्र रहेका व्यक्तिको उद्धारका लागि आवश्यक सामग्रीसहित दक्ष टोलीलाई घटनास्थलतर्फ पठाइएको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा रहेका कर्मचारीको उद्धारका लागि पनि आवश्यक तयारी भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ। प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ।

भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाहरूमा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार जोखिममा परेका छन्। यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पाँचवटा जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन रहेको जनाएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार