मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

झाडीमा भेटिएको शिशुको आमाबुबा अझै पत्ता लागेन

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

झापा  भद्रपुरबाट बेवारिसे अवस्थामा उद्धार गरिएको नवजात शिशुको आमाबुबा अझै फेला परेका छैनन्।  भद्रपुर नगरपालिका-७ एमरेल्ड स्कुल अगाडिको भित्री सडक खण्ड नजिकैको झाडीमा फालिएको अवस्थामा मंगलबार साँझ साढे ७ बजेको समयमा एक महिने नवजात शिशु (छोरा)को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

वडा प्रहरी कार्यालय भद्रपुरको टोली तत्काल घटनास्थल पुगेर शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल लगेर भर्ना गरेका थिए। मंगलबार साँझदेखि शिशु अस्पतालमै छ। ‘शिशु कसले फाल्यो भनेर घटनास्थल आसपासका सीसीटीभी फुटेज पनि प्रहरीलाई हेर्न लगायौं,’ डीएसपी रिजालले भने, ‘तरपनि केही सुराक फेला परेन, आमाबुबा पनि पत्ता लागेन। शिशु एकदमै स्वास्थ्य रहेको बताउँदै उनले भने, ‘शिशुको अभिभावकत्व ग्रहणका लागि सीडीओ साबसँग सरसल्लाह गरी अघि बढ्ने छौँ।’ 

बेवारिसे अवस्थामा भेटिएको शिशु भद्रपुरस्थित मानव अधिकारका लागि महिला एकल महिला समूह झापाको भवनमा सुस्त मनस्थिति भएकी महिलाको हो कि भनेर प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरेको थियो। ती सुस्त मनस्थिति भएकी महिलाले साउन २६ गते छोरा जन्माइकी थिइन्। 

महिलाको पारिवारिक आर्थिक अवस्था दयनीयसँगै श्रीमान् पनि नभएकोले ती नै महिलाले शिशुलाई फालेर गएको हो कि भनेर आशंका उब्जिएपछि प्रहरी टोली मंगलबार राति १० बजे उनको घरमै पुगेर सोधिखोजी गरेका थिए। भद्रपुर- ८ घोडामारा बस्दै आएकी छोरी र नातिलाई लिएर मंगलबार बिहान मात्र उनका बुबा यानेन्द्र राई इलामको सूर्योदय नगरपालिका गएका थिए। 

राईको त्यहाँ अर्को घर छ। त्यसपछि प्रहरीले राईसँग फोन सम्पर्क गरी नातिलाई भद्रपुर नगरपालिका लिएर आउन आग्रह गरे। उनले आफ्नो छोरी र नातिलाई बुधबार दिउँसो साढे २ बजे नगरपालिका ल्याएपछि बेवारिसे अवस्थामा भेटिएको शिशु त्यो नभएको भनी पुष्टि भएको भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले बताइन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार