मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

काेशी प्रदेशकाे पुन नामकरणमा कोचहरु छुट्टै आन्दोलनको तयारीमा

देश प्रदेश डेस्क 5095+ समाचार ( )
७ अशोज २०८०, आइतबार

झापा कोशी नामविरुद्धको पहिचानको आन्दोलनमा किरात र लिम्बुवानको मात्र जातीय स्वार्थ देखेपछि कोचहरु अलग्गिएर छुट्टै आन्दोलनको तयारी थालेका छन् ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको नाममा जारी आन्दोलनले किरात र लिम्बुवानको मात्र स्वार्थ सिद्ध गर्ने देखेर तराईका उत्पीडित आदिवासी जातिहरुलाई समेटेर आफूहरुले अलग्गै आन्दोलनको तयारी गरिरहेको कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीले बताए । उनले वर्षौदेखि आफूहरुले उठाउँदै आएको कोचिला प्रदेशको मुद्धालाई प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बेवास्ता गरेपछि आफ्नो लागि आफै लड्न मोर्चावन्दी शुरु गरेको जानकारी दिए ।

कोचिला संघर्ष समितिको ब्यानरमा आन्दोलनको तयारीका लागि झापाका विभिन्न पालिकाहरुमा संगठन विस्तार भइरहेको संघर्ष समितिकै विद्यानन्द राजवंशीले जानकारी दिए । उनले अहिलेसम्म बिर्तामोड , कन्काई , गौरादह , गौरीगञ्ज,शिवसताक्षी , बाह्रदशी , झापालगायतका पालिकाहरुमा संघर्ष समिति विस्तार भइसकेको जानकारी दिए । जिल्लाका १५ वटै पालिकाहरुमा संगठन विस्तार गर्नेक्रममा मंगलवार कचनकवल र शनिवार भद्रपुरमा तदर्थ समिति गठन गर्ने कार्यक्रम रहेको माओवादीका नेतासमेत रहेका राजवंशीले बताए ।

हिजो बिर्तामोड ३ सैनिकमोडमा भएको भेलाले जीतलाल राजवंशी संयोजक र उद्धवनारायण राजवंशी सचिव रहेको २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो । लखन राजवंशीको अध्यक्षता रहेको भेलामा कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी , संघीय सांसद अमृतलाल राजवंशी,संघर्ष समितिका विद्यानन्द राजवंशी , दिनेश राजवंशी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी, बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य जगत राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

भेलाका वक्ताहरुले आफूहरुको अस्तित्व , पहिचान र सभ्यता जोगाउनको लागि सम्पूर्ण कोचहरु एक भएर लड्नै पर्ने बेला आएको बताएका थिए । उनीहरुले आफूहरुको इतिहास र सभ्यता भएको झापा, मोरङ र सुनसरीमा किरात लिम्बुवानहरुले धावा बोल्न खोजेको भन्दै त्यो स्वीकार्य नहुने चेतावनी दिएका थिए । उनीहरुले पछि पारिएको र पछि परेका कोचहरुको अधिकार स्थापित गर्नका लागि आम जनसमुदायलाई आह्वानसमेत गरेका छन् ।

विगतमा राज्यको पुनरसंरचना गर्ने क्रममा नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको झापा, मोरङ र सुनसरी जिल्लामा कोचहरुको स्वायत्त अधिकार हुनुपर्ने मागसहित कोचहरुले शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । कोच सभ्यतामा पर्ने राजवंशी ,धिमाल, ताजपुरिया , गन्गाई, सन्थाललगायतका जातिहरु गोलबन्ध प्रयास भइरहेको संघर्ष समितिका संयोजक राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार