मुख्य समाचार
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? | युवाको रगतले लेखिएको आन्दोलनको एक वर्षपछि, उपलब्धिको हिसाब कहाँ छ? | अमेरिका–इरान तनाव चर्किँदा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी संकट, विश्व बजारमा बढ्यो चिन्ता | वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का |
मुख्य समाचार
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? | युवाको रगतले लेखिएको आन्दोलनको एक वर्षपछि, उपलब्धिको हिसाब कहाँ छ? | अमेरिका–इरान तनाव चर्किँदा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी संकट, विश्व बजारमा बढ्यो चिन्ता | वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का |


युवाको रगतले लेखिएको आन्दोलनको एक वर्षपछि, उपलब्धिको हिसाब कहाँ छ?

भेषराज नेपाल 137+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

झापा / जेन्जी आन्दोलनले नेपालको राजनीति हल्लाएको एक वर्ष पुग्न लाग्यो। सडकमा उत्रिएको युवापुस्ताले तत्कालीन सरकार ढाल्यो, पुरानो राजनीतिक नेतृत्वलाई चुनौती दियो र नयाँ राजनीतिक सम्भावनाको ढोका खोल्यो। त्यो आफैंमा सामान्य उपलब्धि थिएन।

तर इतिहासमा आन्दोलनको मूल्यांकन कति ठूलो सरकार ढल्यो भनेर हुँदैन। प्रश्न हुन्छ, त्यसपछि जनताको जीवन कति बदलियो? यही प्रश्नमा आएर जेन्जीको उपलब्धि र क्षतिको वास्तविक हिसाब सुरु हुन्छ।

जेन्जीले सबैभन्दा पहिले नेपाली युवाको शक्ति देखायो। वर्षौंदेखि राजनीतिमा ‘युवा भविष्य हुन्’ भन्ने भाषण सुनिरहेका युवाले एकैपटक प्रमाणित गरिदिए, उनीहरू भविष्य मात्र होइनन्, वर्तमानको निर्णायक शक्ति पनि हुन्।सत्ताले सामाजिक सञ्जाल बन्द गरेर आवाज रोक्न खोज्यो। सडकले जवाफ दियो। सरकारले प्रतिबन्ध फिर्ता लिनुपर्‍यो। त्यसपछि सत्ता नै परिवर्तन भयो।

यो जेन्जीको जित थियो। तर त्यसपछि जे भयो, त्यसको हिसाब कसले दिने?

आन्दोलनमा ज्यान गुमाएका युवाका परिवार आज पनि आफ्ना प्रियजनको तस्बिर हेरेर बसिरहेका छन्। घाइतेहरू आफ्नो शरीरमा गोलीका दाग बोकेर बाँचिरहेका छन्। सार्वजनिक सम्पत्ति जल्यो। सरकारी संरचना ध्वस्त भए। निजी सम्पत्तिमा क्षति पुग्यो। परिवर्तनको माग जायज थियो। तर ज्यान जाने र सार्वजनिक सम्पत्ति जल्ने अवस्थालाई परिवर्तनको अनिवार्य मूल्य मान्न सकिँदैन। त्यसैगरी राज्यले पनि आफ्नो भागको प्रश्नबाट भाग्न पाउँदैन।

निहत्था नागरिकमाथि राज्यको बल प्रयोग कति उचित थियो? कसको आदेशमा गोली चल्यो? आवश्यकभन्दा बढी बल प्रयोग भयो कि भएन? दोषी को हुन्? यी प्रश्नको निष्पक्ष उत्तर नआएसम्म जेन्जीको इतिहास पूरा हुँदैन। तर अर्को प्रश्न अझ ठूलो छ।जेन्जीले जुन भ्रष्टाचारविरुद्ध विद्रोह गर्‍यो, त्यो भ्रष्टाचार साँच्चिकै घट्यो? जनताले जुन पहुँचवादको विरोध गरे, त्यो अन्त्य भयो? राजनीतिक संरक्षणमा हुने नियुक्ति र भागबन्डा रोकियो? सरकारी कार्यालयमा सर्वसाधारणले पहिलेभन्दा सहज सेवा पाउन थाले? युवाले विदेश जानुको सट्टा देशमै भविष्य देख्न थाले?

यदि यी प्रश्नको उत्तर खोज्दा पुरानै समस्या देखिन्छ भने हामीले स्वीकार गर्नुपर्छ, सत्ता परिवर्तन भएको छ, तर परिवर्तन अझै पूरा भएको छैन। जेन्जीको सबैभन्दा ठूलो उपलब्धि नयाँ सरकार होइन। यसको सबैभन्दा ठूलो उपलब्धि हो, पुरानो राजनीतिक संस्कारलाई प्रश्न गर्ने नागरिक चेतना।

तर यही चेतना अब नयाँ सत्तामाथि पनि लागू हुनुपर्छ।

हिजो पुराना दललाई प्रश्न गर्ने युवाले आज नयाँ सरकारलाई प्रश्न गर्न डराउनु हुँदैन। हिजो ‘नेता गलत भए सडकमा आउँछौँ’ भन्ने पुस्ताले आज ‘हामीले जिताएको नेता गलत भयो भने पनि सडकमा आउँछौँ’ भन्न सक्नुपर्छ। नत्र जेन्जी पनि अन्ततः एउटा नयाँ राजनीतिक ब्रान्ड मात्र बन्नेछ। पुराना अनुहार हटाएर नयाँ अनुहार ल्याउनु परिवर्तन होइन। पुरानो प्रवृत्ति हटाएर नयाँ राजनीतिक संस्कार स्थापना गर्नु परिवर्तन हो। आजको सबैभन्दा ठूलो खतरा यही हो—जेन्जीको नाम बेचेर फेरि त्यही राजनीति सुरु नहोस्, जसको विरुद्ध युवाले सडक रोजेका थिए।जनताले सत्ता बदल्न ज्यान दिएका थिएनन्। उनीहरूले सत्ता चलाउने तरिका बदल्न ज्यान दिएका थिए। त्यसैले अहिलेको नेतृत्वसँग सोध्नैपर्छ, जेन्जीमा बगेको रगतको मूल्य के भयो? ध्वस्त भएका सार्वजनिक संरचनाको हिसाब कहाँ छ? दमनको जिम्मेवारी कसले लियो? भ्रष्टाचारविरुद्ध के बद्लियो? र सबैभन्दा ठूलो प्रश्न, जेन्जीले जसलाई सत्तामा पुर्‍यायो, उसले जेन्जीले मागेको नेपाल बनाउन सुरु गर्‍यो कि गरेन?

यदि उत्तर अस्पष्ट छ भने आन्दोलन अझै सकिएको छैन।सडकमा होइन, जनताको प्रश्नमा।

जेन्जीले सत्ता ढाल्ने क्षमता देखाइसकेको छ। अब नयाँ पुस्ताले अर्को क्षमता देखाउनुपर्छ—सत्ता गलत बाटोमा गए फेरि प्रश्न गर्ने क्षमता। किनकि लोकतन्त्रमा कुनै सरकार जेन्जीभन्दा माथि हुँदैन। जेन्जीले एउटा सरकार ढाल्यो। अब इतिहासले हेर्दैछ, त्यसले एउटा संस्कार पनि ढाल्यो कि केवल एउटा सरकार?

यही प्रश्नको उत्तरले जेन्जी आन्दोलनको वास्तविक सफलता वा असफलता तय गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार