मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा करिब सयजनाको मृत्यु, ५० घाइते

देश प्रदेश डेस्क 5188+ समाचार ( )
३० अशोज २०८१, बुधवार
कानो (नाइजेरिया) उत्तरी नाइजेरियामा एउटा इन्धन ट्यांकर विस्फोट हुँदा करिब सयजनाको मृत्यु र ५० जना घाइते भएको प्रहरीले बुधबार बताएको छ ।

प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मंगलबार राति उत्तरी जिगावा राज्यमा ट्यांकर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।

उनले माजिया सहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्यांकर पल्टिएको जानकारी दिए । “हामीले अहिलेसम्म ९४ जनाको मृत्यु र लगभग ५० जना घाइते भएको पुष्टि गरेका छौँ,” उनले मृतकको संख्या बढ्न सक्ने चेतावनी दिँदै भने ।

दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारीसाधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन संकलन गरिरहेका थिए ।

नाइजेरियान मेडिकल एसोसिएसनले चिकित्सकहरूलाई बिरामीहरूको चापलाई सम्हाल्न नजिकैका आपत्कालीन कक्षहरूमा जान आग्रह गरेको छ ।

इन्धन ट्यांकर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ ।

राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ, र प्रायः अभाव हुने गर्छ ।

गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ । रासस/एएफपी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार