मुख्य समाचार
भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? | नेपालमा केराको मूल्य आकाशिँदै, उपभोक्ता मारमा, किसान निराश, सरकारी उदासिनता प्रति प्रश्न | 'नयाँ राजनीतिक शैली’ को उदयः प्रधानमन्त्री बालेन शाहका निर्णयले तोड्दै पुराना परम्परा | विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन |

वीरगञ्जबाट जीवनमरणको दोसाँधमा छटपटाइरहेका गोबिन्द मगरको मानवसेवा आश्रमद्वारा उद्धार

देश प्रदेश डेस्क 5093+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

झापा / वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित एक जिर्ण टिकट काउन्टरभित्र दाहिने आँखामा गम्भीर घाउ, त्यसैमा सयौँ किरा परेर भयावह अवस्थामा जीवनमरणको दोसाँधमा छटपटाइरहेका एक वृद्धको मानवसेवा आश्रम वीरगञ्ज शाखाले उद्धार गरेको छ।

स्थानीयहरूले घटनाबारे जानकारी गराउँदै तत्काल उद्धारको आग्रह गरेपछि आश्रमको टोली त्यहाँ पुगेको थियो। आँखाभित्रसम्म खाइदिएको ठूलो घाउ, त्यसैमा चलमलाइरहेका किरा, चारैतिर फैलिएको तीव्र दुर्गन्धले उनी बसिरहेको ठाउँ नजिक पुग्न पनि कठिन अवस्था थियो। असह्य पीडाका कारण उनले टाउकोमा कपडा बाँधेर कयौँ दिनदेखि टहरामा एक्लै छटपटाइरहेका अवस्थामा देखिन्थे । दुवै आँखाबाट दृष्टि गुमाइसकेको र बोल्ने क्षमता समेत न्यून रहेको रहेको हुँदा उनी आफ्नो परिचय दिन मात्र सक्षम थिए । 

उद्धारपछि परिचय खुलाउँदै उनले आफ्नो नाम गोबिन्द मगर, घर पाल्पाको खानीगाउँ, बुवाको नाम होमबहादुर मगर तथा भाइ विष्णु मगर रहेको जानकारी दिए।

कति समयदेखि त्यसरी उपचारविहीन अवस्थमा बसिरहे भन्ने यकिन गर्न सजिलो थिएन । समयमै पर्याप्त उपचार नपाउँदा घाउले विकराल रूप लिँदै गएको र जीवनसमेत जोखिममा पुगेको अनुमान गर्न सकिन्थ्यो । 

स्थानीय र नेपाल प्रहरीको सहकार्यमा गरिएको उद्धारपछि आश्रमले उनलाई तुरुन्तै नारायणी अस्पताल पुर्‍यायो। प्रारम्भिक ड्रेसिङ र उपचारपछि थप जाँचका लागि पुनः दृष्टि आँखा अस्पताल र ग्लोबल मेडिकल कलेजमा लग्यो। तर अवस्था अत्यन्तै जटिल देखिएपछि चिकित्सकको सल्लाह अनुसार हाल उनलाई भरतपुर क्यान्सर अस्पताल, चितवन लगिएकाे मानवसेवा आश्रमकी पर्सा जिल्ला संयोजक मुना पुलामी मगरले बताउनुभयो।

आश्रमले गोविन्द मगरका परिवारजन तथा स्थानीय जनप्रतिनिधिलाई शीघ्र सम्पर्कमा आउन अपिल गरेको छ। साथै उद्धारपछि हाल उनको आश्रमले हेरचाह,  सम्पूर्ण उपचार र  संरक्षणको जिम्मा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार