मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

शिक्षा दिवमा भद्रपुर नगरपालिकाद्धारा शिक्षक विद्यार्थी सम्मान तथा पुरस्कृत

देश प्रदेश डेस्क 5192+ समाचार ( )
२२ भाद्र २०८०, शुक्रबार

झापा भद्रपुर नगरपालिकाले विभिन्न विधामा रहेका शिक्षक विद्यार्थीलाइ सम्मान तथा पुरस्कृत गरेको छ । अन्र्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान तथा पुरस्कृत गरेको हो ।
शिक्षा ,युवा तथा खेलकुद शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा ०७९ को एसईईमा नगरका सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपीए ल्याउने हिमाली मा.विका छात्र प्रतिक देउजा र विरेन्द्र मा.विकी स्वीकृती पौडेललाइ ल्यापटप प्रदान गरिएको थियो । त्यसैगरी कक्षा ८ मा उत्कृष्ट जिपीए ल्याउने सामुदायिक विद्यालय तर्फ ८ र संस्थागत तर्फ  १३ जना प्रथम र दोस्रो स्थान हासिल गर्ने छात्र छात्रालाइ जनही १ हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।
नगरले यो वर्षबाट सामुदायिक विद्यालयको कार्यसम्पादन मूल्याङ्कनका आधारमा विद्यालयका प्रधानाध्यापकलाइ छनोट गरी कुशल प्रधानाध्यापक सम्मान गरेको थियो । यसरी सम्मानित हुनेहरुमा विरेन्द्र मा.विका खिलाराज कोइराला,मेची आधारभूतका चमकलाल राजवंशी र सिंचाई प्रा.विका रामप्रसाद घिमिरे रहेका छन् । नगरले आगामी वर्षदेखी विषयगत शिक्षकलाइ समेत छनोट गरी पुरस्कृत गर्ने जनाएको छ ।
त्यसैगरी अवकास प्राप्त शिक्षकहरु रुक्मा खरेल, हेमकला कार्की,कृष्णकुमार कार्की,नवकुमार राय,किसन न्यौपाने,दिलीप प्रधान,लोकनाथ दहालर सावित्रा न्यौपानेलाइ सम्मान गरिएको थियो ।
 त्यस्तै ०७९। ८० को राष्ट्रपति रनिङशिल्डमा नगरबाट दोस्रो विजेता हुने ७९ जना खेलाडी र खेलमा सहजीकरण गर्ने ५ जना शिक्षकलाइ कदर तथा सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।
त्यसैगरी अवकास प्राप्त बाल शिक्षिका गुणादेवि राजवशीलइ ५० हजार रुपैयाँ उल्लेख भएको चेकले पुरस्कृत गरिएको छ । अवकास भइसकेपछि कुनै सुविधा नपाएको भन्दै गुनसो गरेपछि नव निर्वाचित नगर कार्यपालिकाको निर्णयले राजवंशीलाइ पुरस्कृत गर्ने निर्णय गरे बमोजिम राजवंशीलाइ पुरस्कृत गरिएको थियो । राजवंशीले महेशपुर आधारभूत विद्यालयमा १८ वर्ष ११ महिना  ६ दिन सेवा गरेको उल्लेख छ ।
नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयबाट नृत्य प्रस्तुत् गरिएको थियो । शिक्षा शाखा कर्मचारी योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा सम्मानितको तर्फबाट खिलाराज कोइराला,पेशागत सङ्घ–सङ्घठनको तर्फबाट गणेश गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार