मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

बिर्तामोड नगरपालिकाद्वारा विद्यार्थीलाई पोशाक वितरण

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

झापा बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ ।

नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निःशुल्क विद्यालय पोशाक वितरण कार्य सुरु गरिएको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष दुर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अधिकृत केशर खवासलगायतको टोलीले पहिलो दिन वडा नम्बर १० को चमरधाप आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, लक्ष्मीनारायण आधारभूत विद्यालय र महेन्द्र ज्योति माध्यमिक विद्यालयमा पुगेर पोशाक वितरण गरेको छ ।

नगरप्रमुखसहितको टोलीले विद्यालयमा पुगेर त्यहाँको वर्तमान अवस्था बुझ्नुका साथै पोशाक वितरणलाई अघि बढाएको हो ।

नगरप्रमुख प्रसाईंले स्कुल ड्रेसले विद्यार्थीहरुमा एकरुपता आउने भएकाले पढ्नको लागि सहज वातावरण निर्माण हुने बताइन् । उनले बिर्तामोडको जनसंख्या बढ्दै गएकोले ग्रामीण क्षेत्रका विद्यालयहरुलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने र यसका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक जुट्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै, नगर उपप्रमुख संग्रौलाले विद्यार्थीहरुको सरसफाइ तथा समयलाई ख्याल गर्न शिक्षक र अभिभावकलाई सुझाव दिए ।

विद्यालय व्यवस्थापन समितिसमेतलाई उपस्थित गराएर पोशाक वितरण गरिएको हो । नगरपालिकाले हरेक वर्ष पोशाक वितरण कार्य गर्दै आएको छ ।

यस वर्ष ३ हजार ७१६ जना विद्यार्थीलाई वितरण गर्ने योजना रहेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार