नेपालको सुदूर पूर्वमा रहेका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधताको अद्वितीय संगम हो। तर विडम्बना, यति धेरै सम्भावना हुँदाहुँदै पनि यो क्षेत्र अझै पर्यटनको मुख्य केन्द्र बन्न सकेको छैन। अब प्रश्न उठ्छ कहिलेसम्म यो सम्भावना कागजमै सीमित रहने ?
सुदूर पूर्वलाई पर्यटन हब बनाउने
कुरा अब विकल्प होइन, आवश्यकता हो। कन्यामका चियाबगान, नेपालको होचो भु-भाग कचनकवल, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको
भूगोल र पाथिभरा मन्दिर
जस्ता धार्मिक आस्थाका केन्द्रहरू
एकै ठाउँमा हुनु आफैंमा दुर्लभ अवसर हो। तर राज्यको दृष्टि अझै यी सम्पदातर्फ
गम्भीर रूपमा केन्द्रित हुन सकेको छैन।
केशी प्रदेश सरकारले पर्यटन
क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विकास र प्रवर्द्धन गर्न कोशी पर्यटन वर्ष
२०८२ घोषणा गरेको छ । सरकाले
‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरुको योजनावद्ध
विकासमा गतिशिलताकासाथ अगाडि बढ्ने उद्देश्य रहेको छ । तर सो लक्ष अनुसार उच्चित कदम नचालिएका कारण उपलब्धी न्युन हात लागेको छ ।
मुख्य समस्या भनेको प्रचार-प्रसारको
कमी हो । डिजिटल प्लेटफर्म, अन्तर्राष्ट्रिय
पर्यटन मेला, र सीमावर्ती भारतीय बजारमा आक्रामक
प्रचार हुन नसक्दा सम्भावित पर्यटक आकर्षित गर्न कठिन भएको छ। साथसाथै पूर्वाधारको पनि कमजोरी रहेको छ । सडकको
अवस्था, आवासको अभाव, गुणस्तरीय सेवा सुविधाको कमीले पर्यटकलाई लामो समय बस्न प्रेरित
गर्दैन। अर्कोतर्फ, प्रचार–प्रसार अत्यन्त कमजोर छ।
विश्व बजारमा नेपालको नाम हुँदा सगरमाथा र पोखरा मात्र चिनिन्छन्, सुदूर पूर्व ओझेलमै पर्छ।
नीतिगत अस्थिरता अर्को चुनौती हो।
हरेक वर्ष योजना बनिन्छ, तर
कार्यान्वयनमा निरन्तरता हुँदैन। स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय अभावले विकासको गति सुस्त बनाएको छ।
सीमावर्ती क्षेत्र भएकाले सुरक्षा र व्यवस्थापनका चुनौती पनि छन्, जसलाई अवसरका रूपमा रूपान्तरण गर्न सकिन्छ।
अब समाधान स्पष्ट छ। पहिलो, सुदूर पूर्वलाई विशेष पर्यटन क्षेत्र घोषणा गरी
लक्षित लगानी आवश्यक छ। दोस्रो, “इलाम–झापा–ताप्लेजुङ”
लाई जोड्ने एकीकृत पर्यटन सर्किट निर्माण गरिनुपर्छ, जसले तराईदेखि हिमालसम्मको अनुभव एकै यात्रामा दिन सक्छ। तेस्रो,
डिजिटल युगअनुसार अन्तर्राष्ट्रिय स्तरमा आक्रामक
प्रचार अभियान सञ्चालन गर्नुपर्छ। चौथो, निजी
क्षेत्रलाई प्रोत्साहन गर्दै होटल, रिसोर्ट
होम स्टे र साहसिक पर्यटनमा लगानी आकर्षित गर्नुपर्छ। र सबैभन्दा महत्वपूर्ण,
स्थानीय समुदायलाई पर्यटनसँग प्रत्यक्ष
जोड्नुपर्छ किनकि उनीहरू नै वास्तविक संरक्षक हुन्।
सुदूर पूर्वको विकास केवल क्षेत्रीय
मुद्दा होइन, राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको
विषय हो। पर्यटनबाट रोजगारी, आम्दानी
र पूर्वाधार विकास सँगसँगै अघि बढ्छ। यदि आज पनि यसतर्फ गम्भीरता देखाइएन भने,
हामीले आफैंसँग भएको अवसर गुमाउनेछौं।
अब समय बहसको होइन, कार्यान्वयनको हो। सुदूर पूर्वलाई पर्यटन हब
बनाउने लक्ष्यलाई नीतिगत प्राथमिकता दिइएन भने “सम्भावनाको क्षेत्र” भन्ने शब्द
केवल नारामै सीमित रहनेछ।
लेख अत्यन्तै मनपर्यो । पुर्बलाई पर्यटन हब बनाउनका लागि कदम चाल्ने कुरा प्रशंसनिय छ । स्थिर सरकार बनाएर निजि क्षेत्रबाट आव्हान गरे प्रशस्तै रकम संकलन गरेर जस्तोसुकै पर्यटनको पुर्बाधार तयार गरि।सञ्चालन गर्न सकिन्छ । सरकारको ईच्छाशक्ति चाहियो बिदेसीको मुख ताक्नुपर्दैन हामी सक्षम छौँ ।