झापा । निकटतम प्रतिष्पर्धी मदन बस्नेतलाई पराजित गर्दै नेपाली कांग्रेस भद्रपुर नगर समितिको सभापतिमा बन्धु कार्की विजयी भएका छन् ।
नगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा कार्कीले आफ्ना निकटतम प्रतिष्पर्धी बस्नेतलाई पराजित गर्दै सभापति पदमा जित हासिल गरेका हुन् । निर्वाचन समितिका अनुसार जम्मा २३२ मत खसेको थियो । जसमा विजयी भएका कार्कीले १२१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी बस्नेतले १०७ मत ल्याएका छन् ।
त्यस्तै, नगर सचिव पदमा राजु गिरी विजयी भएका छन् । सचिव पदमा विजयी गिरीले ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी टेकबहादुर पाण्डेले १०७ मत ल्याएका छन् ।