मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

मोटरसाइकल दुर्घटनामा कलाकारसहित तीन जनाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

                                                                                                  साङ्केतिक तस्वीर

झापा कैलालीमा छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मंगलवार टिकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी  सडकखण्डमा सत्तीबाट राजपुरतर्फ सुदूरपश्चिम प्रदेश ०१–००८प०८१३ नम्वरको मोटरसाइकल दुर्घटना भएको थियो।

सो दुर्घटनामा मोटरसाइलक चलाक टिकापुर नगरपालिका –१ का २१ २१ वर्षका रामकुमार चौधरी र मोटरसाइल पछाडी सवार २२ वर्षीय बिनोद चौधरी घाइते भएका थिए।

दुर्घटनामा टाउकोमा चोट लागी गम्भिर घाइते रहेका दुवैजनालाई टिकापुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ बिनोदलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दर्शन खड्काले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल चालक रामकुमारलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

यस्तै मंगलबार राति गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा म२प९११७ नम्बरको मोटरसाइल दुर्घटना हुँदा मोटरसाइलक चलाक कञ्चनपुरका एक जनाको मृत्यु भएको छ।

सो ठाउँमा राखिएको खाली ट्रकलाई देखेपछि मोटरसाइकल चालकले एक्कासी ब्रेक लगाउन खोज्दा दुर्घटना भएको थियो।

दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बस्ने ३० वर्षका हिक्मत महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार