मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन

देश प्रदेश डेस्क 5164+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

 बिहीबार बेलुका देखिएको विद्युत् आपूर्ति समस्यालाई नेपाल विद्युत् प्राधिकरण (ने.वि.प्रा) ले गम्भीरतापूर्वक लिएको जनाएको छ। प्राधिकरणले हावाहुरीका कारण सिर्जना भएको अस्थायी समस्या भएको प्रस्ट पार्दै नेपालमा पुनः लोडसेडिङ सुरु हुने सम्भावना पूर्ण रूपमा अस्वीकार गरेको छ।

प्राधिकरणका अनुसार बिहीबार बेलुका ५:३५ बजेदेखि राति ८ बजेसम्म देशका अधिकांश स्थानहरूमा विद्युत् आपूर्तिमा अवरोध देखिएको थियो। ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. डबल सर्किट लाइन दुवै सर्किटमा उच्च वेगको हावाहुरीका कारण एकै साथ समस्या देखिएको थियो, जसले गर्दा भारतबाट सो लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयात एक्कासि रोकिएको प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

समस्या समाधान नभएसम्म नेपालले आफ्नै उत्पादनमा आधारित विद्युत् आपूर्ति मिलाउन प्रयास गरे पनि बेलुकाको समयमा अत्यधिक लोड भएका कारण प्रणाली स्थिर राख्न नसकिएको प्राधिकरणले जनाएको छ। साथै, रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, र कुशहवा–कटैया १३२ के.भी. लाइनमार्फत विद्युत् आपूर्ति मिलाउने प्रयास गरिएको भए पनि तुलनात्मक रूपमा कम उत्पादन र प्रणालीमा लाइन ट्रिपिङको समस्याले गर्दा पूरा मुलुकमा आपूर्ति सम्भव हुन नसकेको प्राधिकरणको भनाइ छ । 

राति ८:०८ बजे ढल्केवर–मुजफ्फरपुर लाइनको एक सर्किट पुनः सञ्चालनमा आएपछि भने क्रमिक रूपमा विद्युत् आपूर्ति सहज हुँदै गएको प्रेस नोटमा उल्लेख छ। तर, पश्चिम क्षेत्रका १३२ के.भी., ३३ के.भी. र ११ के.भी. लाइनहरूमा हावाहुरीले रुख ढालेर पोल र कन्डक्टरमा क्षति पुर्‍याएका कारण सबै क्षेत्रमा एकैपटक आपूर्ति गर्न कठिन भएको प्राधिकरणले जनाएको छ।

प्रणालीमा समस्या आएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयम् स्विचिङ केन्द्र पुगेर अवलोकन र समस्या समाधानको नेतृत्व लिएको जानकारी समेत दिइएको छ।

सामाजिक सञ्जालमा आएको 'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै प्राधिकरणले  नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन अब कहिल्यै नआउने दाबी गरेको छ । 

प्राधिकरणले यस्ता प्राविधिक समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, उपभोक्ताहरूलाई गुणस्तरीय, नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने आफ्नो दायित्वप्रति प्राधिकरण दृढ रहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार