मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

सराेज शर्मा हत्या प्रकरण
कारसहित वेपत्ता भएका सरोजको ४–५ जनाको समूहले हत्या गरेको आरोपितकाे बयान

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१६ कार्तिक २०८२, शनिबार

झापा एकहप्ताबाट कारसहित वेपत्ता भएका सरोज शर्माको ४–५ जनाको समूहले  हत्या गरेको पक्राउ परेका आरोपितहरुले बयान दिएका छन् ।

पक्राउ परेका शिवसताक्षी १० माईधारका २५ वर्षीय सुनिल साह र सोही ठाउँ बस्ने २६ वर्षीय राहुल साहले प्रहरीलाई त्यस्तो बयान दिएका हुन् । शिवसताक्षी –१० माईधार बस्ने ३३ वर्षीय सरोज शर्मा कात्तिक ९ गते आइतवार दिउँसो घरमा कोही कसैलाई नसोधी बागमति प्र.०१–०३० च ७१०४ नं. को कार लिएर घरबाट हिडेका थिए । त्यसपछि वेपत्ता भएका सरोजको कार चार दिनपछि बिहीवार विहान १०ः४० बजे मेचीनगर –१३ हातेमालो सामुदायिक वनको निचाझोडा भन्ने स्थानमा चारआली–भद्रपुर सडकखण्डबाट करिब २०० मिटर पश्चिम जंगलमा जलिरहेको अवस्थामा फेला परेको थियो ।

कार आगजनी गर्ने ब्यक्तिको खोजतलास गर्ने क्रममा शुक्रबार इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले सुनिल साह र राहुल साहलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी अनुसन्धान गर्ने क्रममा उनीहरुले सुनिल साहलगायत ४–५ जनाको समूहले सरोजको हत्या गरि हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनि गाडेको बयान दिएका थिए ।

सोही बयानका आधारमा शनिबार बिहान ६ बजे इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवस कार्कीको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायव उपरीक्षक . खगेन्द्रबहादुर खड्काको कमाण्डमा प्रहरी टोली खटिएर गाडिएको ठाउँबाट सरोजको शव निकालेको थियो । सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरि मृतकको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको  प्रहरीले जनाएकाे छ । ।

यता विहान ११ बजेतिर मृतक सरोजका आफन्त र स्थानीयले हत्यामा संलग्न सुनिल र सोही ठाउँ बस्ने बहादुर साहको माईधारस्थित घरमा ढुङ्गामुडा गरि तोडफोड गरेका छन् । सोही आक्रोशित समूहले श्याम साहको मे १ ह ७२३७ नं. को अटोमा आगजनीसमेत गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर स्थितिलाई नियन्त्रणमा लिई तोडफोडमा संलग्नलाई तितरबितर बनाएपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार