मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

प्रहरीले लागुऔषध कारोबारीलाई समात्न चलाए गोली

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

पश्चिम नवलरासीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ।

बिहीबार बेलुकी ८ बजे नवलपरासीको रामग्राम नगरपालिका-१२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए।

उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ।

डिएसपी बोहराका अनुसार राजेश लोनियाको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

त्यसपछि लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली लोनियाको घरमा पुगेको थियो

त्यहाँ लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथी नै जाइलागेका थिए।

उल्टै प्रहरीको साथमा रहेको पेस्तोल खोस्न लागेको र अर्का व्यक्ति भाग्न लागेपछि प्रहरीले गोली चलाएको डिएसपी बोहराले जानकारी दिए।

त्यस क्रममा प्रहरीले चार राउन्ड फायर गरेको र एउटा गोली मात्रै भागिरहेको लोनियालाई लागेको थियो। अर्का व्यक्ति भने फरार भएका छन्।  

प्रहरीको गोली लागेर घाइते भएका लोनियालाई प्रहरीकै गाडीमा जिल्ला अस्पताल परासी पठाइएको छ। उनको  अवस्था मध्यम रहेको डिएसपी बोहारले जानकारी दिए।

लोनियाको घरबाट ९३ पुरिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको पनि डिएसपी बोहराले जानकारी दिए।

फरार एकजनाको खोजी भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार