मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

पूर्व प्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दामा जाहेरी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
फाइल तस्बिर
२८ भाद्र २०८२, शनिबार

झापा/ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रहरीमा जाहेरी परेको छ।

जेनजीकाे शान्तिपूर्ण आन्दोलनमा गोली चलाउन आदेश दिएर १४ जना भन्दा बढीको हत्या गरिएको आरोपमा उनी विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको हो ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् ।

जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप समेत लगाइएको छ । जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ ।

जाहेरीमा मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार