मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि मुद्धा

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

झापा  गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि बिर्तामोड प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार कार्वाही अघि बढाएको छ । झापामा मङ्सिर ११ गते कन्काई ३ टप्पुमा गाई काटेको आरोपमा पाँचजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम,उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन , उनकी श्रीमती १९ वर्षीया महिदा खातुन र कन्काई –४ बस्ने २१ वर्षीय मोहम्मद मुन्ना आलम रहेका छन् ।

त्यस्तै कन्काईमा गाई काटेको पर्सिपल्ट मंसिर १३ गते अर्जुनधारामा पनि गौहत्या भएको थियो । त्यस घटनामा संलग्न एकजना पक्राउ परेका हुन् भने अर्का फरार छन् । पक्राउ पर्नेमा अर्जुनधारा– ४ का अन्दाजी ५० वर्षीय राम तामाङ रहेका छन् । अन्दाजी ५५ वर्षीय सन्तबहादुर मोक्तान तामाङ फरार रहेको र उनको खोजी भइरहेको डीएसपी इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

उनले पक्राउ परेका ६ जनामाथि झापा जिल्ला अदालतबाट पशुपंछीसम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार